कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदामचौर बलात्कारमा संलग्न तीनै जनालाई दस वर्ष कैद

प्रशान्त माली

ललितपुर — ललितपुर जिल्ला अदालतले गोदामचौरका सामूहिक बलात्कार घटनाका तीनै जनालाई दस वर्ष कैद सजाय तोकेको छ । बलात्कारमा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो ।

गोदामचौर बलात्कारमा संलग्न तीनै जनालाई दस वर्ष कैद

अदालतका अनुसार दोषी तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ ।उनीहरुले ०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए ।

ज्यान मार्ने उद्योग तर्फ पनि तीनै जनालाई १०/१० वर्ष कैद सजाय तोकेको छ । चोरीको बिगोबराबर ३ हजार रुपैयाँ तिराउने फैसला भएको छ । चोरीतर्फ ६० दिन कैद सजाय तोकेको छ ।

अदालतका श्रेष्तेदार चन्द्रप्रसाद तिवारीका अनुसार तीन मुद्दामध्येमा सबभन्दा बढी सजाय फैसला भएबमोजिम तीनै जना दोषी कैद भुक्तान गर्नेछ ।


यो पनि :

गोदामचौर बलात्कार घटनाका फरार प्रतिवादी पक्राउ

प्रकाशित : फाल्गुन १७, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?