गोदामचौर बलात्कारमा संलग्न तीनै जनालाई दस वर्ष कैद

प्रशान्त माली

ललितपुर — ललितपुर जिल्ला अदालतले गोदामचौरका सामूहिक बलात्कार घटनाका तीनै जनालाई दस वर्ष कैद सजाय तोकेको छ । बलात्कारमा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो ।

अदालतका अनुसार दोषी तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ।उनीहरुले०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए।

ज्यान मार्ने उद्योग तर्फ पनि तीनै जनालाई १०/१० वर्ष कैद सजाय तोकेको छ। चोरीको बिगोबराबर ३ हजार रुपैयाँ तिराउने फैसला भएको छ। चोरीतर्फ ६० दिन कैद सजाय तोकेको छ।

Citizen

अदालतका श्रेष्तेदार चन्द्रप्रसाद तिवारीका अनुसार तीन मुद्दामध्येमा सबभन्दा बढी सजाय फैसला भएबमोजिम तीनै जना दोषी कैद भुक्तान गर्नेछ।


यो पनि :

गोदामचौर बलात्कार घटनाका फरार प्रतिवादी पक्राउ



प्रकाशित : फाल्गुन १७, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विद्यार्थीमा उत्साह

प्रशान्त माली

ललितपुर — पर्वतकी १५ वर्षीया सज्जा रेग्मीलाई सामान्य प्रेसर र तौल मापन गर्नुपरेमा मेडिकल पुग्नुपर्दथ्यो  । महिनावारीका कारण उत्पन्न हुने शारीरिक समस्याका समाधान उपायबारेमा बुझ्न समस्या हुन्थ्यो  ।

पुल्चोकस्थित त्रिपद्म विद्याश्रममा कक्षा ९ मा अध्यनरत उनलाई अहिले विद्यालयमै स्वास्थ्य युनिट खडा भएपछि यो झन्झटबाट मुक्त मिलेको छ । प्रदेश ३ सरकारले पाइलट प्रोजेक्टको रूमा एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत १२ जिल्लाका २० वटा विद्यालयमा एक बेडसहितको स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ । ललितपुरमा त्रिपद्म र बुङ्मतीस्थित आदर्श शौल विद्यालय छनोटमा परेको छ ।


महिनावारीको समस्या लिएर आएकी रेग्मीले इकाईमा मंगलबार पहिलो पटक स्वास्थ्य जाँच गराइन् । इकाईकी स्टाफ नर्स लीला महर्जनले उनलाई महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य मानिने भनी नआत्तिन सुझाव दिइन् । ‘यस्तो बेला सरसफाइमा विषेश ध्यान दिनुपर्छ । फोहोर कपडा प्रयोग गर्नुहुँदैन,’ महर्जनले भनिन्, ‘हाइटअनुसार ४० केजी तौल शरीरका लागि फिट छ ।’ उक्त विद्यालयको कक्षा ९ मा अध्ययरत लमजुङकी निकिता अधिकारी इकाईमा उत्सुकतापूर्वक प्रवेश गरिन् । उनी पनि महिनावारीको समयमा हुने शारीरिक परिवर्तनबारे बुझ्न आएकी हुन् । सुरुमा उनको प्रेसर र तौल नापे । अनि उनलाई सेनेटरी प्याड डिस्पोज गर्ने तरिकाबारे पनि जानकारी दिइन् । अधिकारी भन्छिन्, ‘इकाई खडा भएपछि महिला विद्यार्थीले खुलेर महिनावारीको समस्या राख्न सक्ने भएका छन् ।’


कक्षा १ मा अध्ययरत देवअंश थापाको जाँच्ने क्रममा दाँत बिग्रिएर कालो भएको पाइयो । यसबारे विद्यालय प्रशासनले थापाका अभिभावकलाई खबर गर्‍यो । देवअंशका बुवा शिवले छोरालाई अहिले गुलियो खानेकुरा दिन बन्द र दैनिक दुई पटक दाँत माझ्न लगाउने गरेको बताए । विद्यालयका शिक्षक समेत रहेका शिवको रक्तचाप जाच्दामाथि १४० र तल ८० देखियो । जुन अलि उच्च हो । नर्स महर्जनले उनलाई नुन, चिल्लो कम र पानी बढी खान सल्लाह दिइन् । शिक्षक थापाले शिक्षा र स्वास्थ्य सेवाले लोकतन्त्रमा स्थानीय सरकारको आएको महसुस भएको बताए । विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पहिला लागेको रोगको किसिम, हालको शारीरिक समस्याको बारे रेर्कड राख्न थालेका छन् । विद्यालयले एक महिनादेखि राख्न थालेको तथ्यांक विश्लेषण गर्दा विद्यार्थीमा आँखा, कान, दाँत, छालाको समस्या देखिएको छ । धूम्रपान सेवन गर्ने किशोरकिशोरी पनि भेटिएको विद्यालयको भनाइ छ ।


शिक्षक थापाले विद्यालयले क्रमशः नर्समार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, यौन तथा यौनिकता, धूम्रपानमध्यपान र सुर्तीजन्य पदार्थबारे परामर्श कक्षा सञ्चालन गर्ने तयारी गरेको बताए । ‘स्वस्थ जीवनशैली र स्वस्थकर खानपिनको सम्बन्धमा पनि परामर्श गर्दै लैजाने योजना छ,’ उनले भने, ‘अभिभावकलाई बालबालिकाको स्वास्थ्यको बारेमा प्रत्येक महिना जानकारी गराउने छौं ।’ सरकारले विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यको सुधारको आवश्यकता महसुस गरेर यो प्रोजेक्ट ल्याइएको हो । विद्यालय तहमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले कार्यविधि नै बनाएर कार्यक्रम सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्री परिषदो कार्यालय प्रदेश ३ का सचिव रमेशप्रसाद शिवाकोटी बताए । ‘सीपमा आधारित स्वास्थ्य शिक्षा प्रदान, स्वास्थ्यसँग सम्बन्धित विद्यालय नीति कार्यान्वय यसको अर्को मुख्य उद्देश्य हो,’ उनले भने ।


मन्त्रिपरिषद् कार्यालयका अनुसार दोस्रो वर्षदेखि स्थानीय तहको योगदानमा साझेदारी हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ । ‘नर्सले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, विद्यालयको स्वास्थ्य अवस्थाको अभिलेख राखी प्रतिवेदन तयार र स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नेछ,’ उनले भने, ‘त्यस आधारमा सुधारका लागि बजेटको व्यवस्था गर्न पहल गरिनेछ ।’ इकाई सञ्चालनमा आएपछि विद्यालयमा सरसफाइमा परिवर्तन आएको छ । चमेना गृह र शौचालय नियमित सफाइ हुन थालेको शिक्षकहरूको भनाइ छ । शिक्षक थापाका अनुसार अहिले विद्यालयमा जंकफुड निषेध गरिएको छ । ‘खानेकुराको तालिका बनाएर लागू गरेको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT