कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश *

काठमाडौँ — सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको श‌ंकास्पद वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा परमादेश जारी गरेको छ ।

सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश *

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको इजलासले सुमार्गीको रकम निकास गर्न आदेश दिएको हो ।



* सर्वोच्च अदालतले सुमार्गीको मुद्दाको पेसी सूचीमा परमादेश जारी भएको भनी जनाएको थियो । कुनै विषयवस्तु उल्लेख नगरी परमादेश जारी भन्ने शब्द प्रयोग गरेकाले निवेदनको मागबमोजिम आदेश जारी भएको भनी सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए । पछि मात्रै सर्वोच्च अदालतले निवेदन बमोजिम नभई अन्य विषयमा आदेश जारी गरिएको भनी प्रेस नोट जारी गरेको छ । मुद्दाको संक्षिप्त एवं विस्तृत पाठ तयार भइसकेको छैन ।



यो पनि पढ्नुहोस्ः

सर्वोच्चले रोक्यो सुमार्गीको कर

सुमार्गीको पैसा फिर्ता ल्याउन बैंकले थाल्यो गृहकार्य

सुमार्गीको रकमबारे सर्वोच्चको आदेश : अनुसन्धान गर्नू


प्रकाशित : जेष्ठ १४, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?