कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतान समूहको जग्गा कब्जा गर्नेलाई प्रहरीले हटायो

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोट-१७ मा व्यक्तिगत जग्गा कब्जा गरेर बसेका स्थानीयलाई प्रहरीले हटाएको छ । व्यापारिक घराना खेतान समूहको खाली रहेको जग्गामा स्थानीयले खनजोत गरेर टहरो बनाउन लागेका थिए । 

खेतान समूहको जग्गा कब्जा गर्नेलाई प्रहरीले हटायो

गैंडाकोट नगरपालिका–१७ मा गोर्खा ब्रुअरीका मोहन खेतानको नारायणी नदी किनारमा रहेको ३६ बिगाहा जमिन अहिले बाँझो छ ।


खेतीयोग्य जग्गा खाली राख्न नपाइने नियम स्थानीय र केन्द्रीय सरकारले बनाएको भन्दै नगरटाडी , बेल्डीया हर्कपुर क्षेत्रमा करिब एक सय जनाले जग्गा खनजोत गर्न लागेका थिए । ‘व्यक्तिगत जग्गा हडपेर खनजोत गर्न लागेको भन्दै उजुरी परेपछि कब्जा गर्न लागेका स्थानीयलाई प्रहरीले सम्झाई बुझाई हटाएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक अर्जुन रानाभाटले भने, ‘आ आफ्नो क्षेत्रफल बाँडेर शनिवार र आइतबार खनजोत र टहरा बनाउन लागेपछि सम्झाएर फिर्ता पठाएका हौँ ।’


प्रहरीले स्थानीय जनप्रतिनिधिसहित कब्जा गरेको जग्गामा पुगेर हट्नका लागि आग्रह गरेका थिए । सुरुवातमा चन्द समूहले जग्गा कब्जा गरेको आशंका गरे पनि पछि स्वतः स्फूर्त स्थानीयले वर्षौदेखि खाली जग्गा देखेपछि खनजोत गरेको प्रहरीलाई बताएका थिए ।

यो पनि पढ्नुहोस्ः

खेतान समूहको जग्गा कब्जा प्रयास

प्रकाशित : श्रावण २०, २०७६ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?