कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरुण खोलामा एकतर्फी यातायात खुल्यो

नारायण शर्मा

(नवलपरासी) — पूर्वी नवलपरासीस्थित अरुण खोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्रराजमार्गमा यातायात एकतर्फी रुपमा खुलेको छ । 

अरुण खोलामा एकतर्फी यातायात खुल्यो

खोलामा पानीको सतह घटेका कारण एकोहोरो यातायात संचालन गर्न सम्भव भएसँगै अवरुद्ध राजमार्ग एकतर्फी रुपमा संचालनमा आएको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

हयूमपाइप राखेर बनाइएको डाइभर्सनको माथिल्लो भाग बगाएपछि आइतबार साँझ ५ बजेदेखि यातायात अवरुद्ध भएको थियो । वर्षा रोकिएको र खोलामा पानीको सतह घटेका कारण गाडी खोलैखोल आउजाउ गर्न शुरु गरेका हुन् ।

६ दिन अघि अरुण खोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिन लगाएर वैपल्पिक सडक बनाएर आवगमन खुलाइएको थियो । हयूमपाइप राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम हिँडेका हजारौं यात्रु अलपत्र परेका थिए ।


प्रकाशित : भाद्र २, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?