कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सांसद विकास कोष' खारेजी माग गर्दै अनेरास्ववियूले सभामुखलाई बुझायो ज्ञापन

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूले बजेटमा व्यवस्था गरिएकको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूका अध्यक्ष समिक बडालको नेतृत्वमा सभामुखलाई बिहीबार ज्ञापनपत्र बुझाइएको हो ।

'सांसद विकास कोष' खारेजी माग गर्दै अनेरास्ववियूले सभामुखलाई बुझायो ज्ञापन

विगतमा हटाइएको सांसद विकास कोषलाई अहिलेको सरकारले ब्युँताएको भन्दै आलोचना गरेको छ । अनेरास्ववियूले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा यस्ता कार्यक्रम ब्युँताउनु ठीक नभएको बताएको हो । सांसद विकास कोषका लागि विनियोजन गरिएको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन पनि माग गरिएको छ ।

सभामुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका अध्यक्ष बडालले देशको अर्थतन्त्र शिथिल भएको बेलामा सांसद विकास कोषको स्थापना गरी सांसदहरूलाई ५/५ करोड रुपैयाँ वितरण गर्नुले सांसदहरू जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको बताए । उनले सो कोषका लागि कानुनी व्यवस्था नभए पनि बद्नियतका साथ अगाडि बढाइएको बताए ।

सरकारले सांसद विकास कोषका लागि आगामी आर्थिक वर्षको बजेटमा ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । सरकार, संसद्‌लगायत राज्यका अंगहरूको आ–आफ्नो क्षेत्राधिकार हुने भन्दै सभामुखले उक्त कुरालाई मनन गर्न आग्रह गरेका थिए ।


प्रकाशित : जेष्ठ १८, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?