३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
इन्फोग्राफिक्स

ललिता निवास जग्गा हिनामिनामा यस्तो छ संगठित जालो

पञ्चायतकालमा सुवर्णशमसेर राणाका परिवारलाई मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा २०४९ देखि २०६९ को अवधिमा मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयले भूमाफिया र व्यक्तिका नाममा कसरी क-कसले पुर्‍याए ? हेर्नुहोस् अनुसन्धान स्रोतबाट प्राप्त इन्फोग्राफिक्स :
मातृका दाहाल

काठमाडौँ — विगत तीन दशकअघिबाट सरकारी कागजात किर्ते गरी हडप्न सुरु भएको ललिता निवास परिसरको जग्गा प्रकरण न्यायिक निरुपणको चरणमा प्रवेश गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा संलग्नलाई लगाएको भ्रष्टाचार मुद्दा विषेश अदालतमा विचारधीन छ ।

ललिता निवास जग्गा हिनामिनामा यस्तो छ संगठित जालो
ललिता निवास जग्गा हिनामिनामा यस्तो छ संगठित जालो

यसको किनारा लाग्नु अगावै किर्ते कसुरमा प्रहरीले गरेको अनुसन्धान अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले २९० जनालाई प्रतिवादी बनाएर आइतबार मुद्दा दायर गरेको छ । यो प्रकरण सामेत तर हाल मृत्यु भइसकेका २१ जनाविरुद्ध विगो मात्र असुल्ने गरी प्रतिवादी बनाइएको छ ।

ललिता निवास जग्गा हिनामिनामा यस्तो छ संगठित जालो

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहितलाई मुद्दा लगाइएको छ । पञ्चायतकालमा सुवर्णशमसेर राणाका परिवारलाई मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा २०४९ देखि २०६९ को अवधिमा मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयले भूमाफिया र व्यक्तिका नाममा कसरी क-कसले पुर्‍याए ? कागजात किर्ते गरेर निर्णय प्रक्रियामा क-कसको भुमिका थियो ? यसमा मालपोतदेखि मन्त्रिपरिषद् सम्मको कस्तो जालो बनेको थियो ?

ललिता निवास जग्गा हिनामिनामा यस्तो छ संगठित जालो


प्रकाशित : भाद्र १०, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?