२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

दुवै थाप्लो थाकेर भारी छ

पाठक पत्र

भाषण पनि दिएका दियै छन्
चुनाव पनि जितेका जित्यै छन्
सरकार पनि बनेका बन्यै छन्
मन्त्री पनि भएका भयै छन्
शपथ, विश्वास लिएका लियै छन्
बैठक पनि बसेका बस्यै छन्

एकअर्कालाई गाली नि गर्‍या छन्
एउटै थालमा खाई पेट भर्‍या छन्
प्यारो देशचाहिँ खोक्रिई जाँदै छ
धमिराले झैं भित्र खाँदै छ
ऋणको भारी छ एउटा थाप्लामा
करको भारी छ अर्को थाप्लामा
दुवै थाप्लो थाकेर भारी छ
अझै पनि थप्ने काम जारी छ
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : चैत्र ६, २०८० ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?