२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

रक्सौल–पथलैया सडक कसले सफा गर्ने ?

पाठक पत्र

रक्सौल–पथलैयाको ६ लेन सडक निर्माणबारे म सुरुदेखि नै जानकार छु । भन्सार सीमा रक्सौलदेखिको उक्त सडक विदेशी ऋणमा बनेको हो । ऋणको साँवा अंश र ब्याज हामीले तिरेको करबाट सरकारले हरेक वर्ष भुक्तानी गर्छ । केही वर्षअघि मात्र तयार भएको उक्त सडकको स्याहारसम्भार कसको जिम्मेवारी हो ?

स्थानीय सरकार, प्रदेश सरकार कि संघ सरकारको ? त्यहाँ फालिएको फोहोर महिनौं उठाइँदैन । पथलैया–वीरगन्ज ६ लेन सडकमा ठुल्ठूला उद्योग करिब सय वटा छन् । उद्योगले एक सय जना मजदुर हरेक ६ महिनामा एक दिन खटाउने हो भने सडक सफा हुन्छ ।
– कृष्णप्रसाद शर्मा, सिमरा जितपुर, बारा

प्रकाशित : वैशाख १३, २०८१ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?