कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषाक्त मदिरा बेच्ने पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषाको कमला नगरपालिकामा विषाक्त मदिरा उत्पादन र विक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार१३ गते कमला नगरपालिका–६ सिंयाहीमा विषाक्त मदिरा सेवनबाट ७ जनाको मृत्यु भएपछि फरार आरोपितलाई इलाका प्रहरी कार्यालय खजुरीले पक्राउ गरेको छ । 

विषाक्त मदिरा बेच्ने पक्राउ

विषाक्त मदिरा विक्री गर्ने कमला नगरपालिका–७ जागिर टोलका २५ वर्षीय राजेश कुमार चौधरी र कमला नगरपालिका–६ का धर्मेन्द्र कुमार मण्डललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।


उनीहरूले बेचेको मदिरा सेवन गर्ने ७ जनाको मृत्यु भएको थियो । दुवै जनामाथि ज्यान मुद्दामा दर्ता गरिएपछि उनीहरू फरार थिए ।


विषाक्त मदिरा सेवनबाट कमला नगरपालिका–५का रामचन्द्र पासवान, मनिक पासवान र वडा नम्बर ६का रामनाथ पासवान, गङ्गा कुमार पासवान, राम कुमार पासवान, साबिर मिया अन्सारी र राजभिर महतोको मृत्यु भएको थियो ।

उनीहरूको मृत्यु भएपछि प्रदेश २ को सरकारले घरेलु मदिरा विक्री गर्न कडाइ गरेपछि जनकपुर सहित प्रदेशका अन्तय जिल्लाहरूका होटेलमा छापा मारी ठुलो परिणामको मदिरा नष्ट गरिएको थियो । घटना सेलाउँदै गएपछि पुन: घरेलु मदिरा विक्री र उत्पादन हुन थालेको छ ।


प्रहरीकै संरक्षणमा जनकपुरमा दैनिक ५ हजार लिटर भन्दा बढी घरेलु मदिरा विक्री वितरण हुँदै आएको छ । घरेलु मदिरा विक्री हुने होटेलबाट नजिकका प्रहरी युनिटले मासिक रकम बुझ्ने गरेका छन् ।


यो पनि पढ्नुहोस्ः

विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रदेश सांसदको माग

प्रकाशित : पुस २६, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?