कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपुरमा ६ महिनामा ७ जबर्जस्ती करणीका घटना

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा पछिल्लो ६ महिनाको अवधिमा १४ वटा मानवअधिकार हननका घटना भएको तथ्यांक सार्वजनिक भएको छ ।

जसमध्ये ५ जना बालिका जबर्जस्ती करणीको घटनामा पीडित भएको, २ महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको, ६ वटा महिलाहिंसा र राज्यपक्षबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले बताए ।

सोमबार इन्सेकले जिल्लामा भएका मानवअधिकारका घटना सार्वजनिक गरेको हो । जिल्लामा बालविवाह हुने गरेको भए पनि राज्यको निकायमा तथ्यांक दर्ता नहुँदा समस्या बढेको सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले मानवअधिकार हननका घटनामा जातीय भेदभाव पर्ने भए पनि जनचेतनाको अभाव र शक्तिको पहुँचका कारण घटना बाहिर आउन नसकेको बताए ।

यस्ता घटना बाहिर ल्याउन विश्वकर्माले मानवअधिकारवादी संस्थाहरूलाई आग्रह गरेका थिए । मानव अधिकार हननको घटनाको रुपमा सर्वसाधारणले हत्या, हिंसा र बलात्कारका घटनालाई मात्र बुज्ने हुँदा स्वास्थ्य, शिक्षा लगायतका मानवअधिकार हननका घटना दर्ता नै नहुने गरेको औंल्याएको छ ।

प्रकाशित : असार १८, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?