कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

अजित तिवारी

जनकपुर — महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछीमा बुधबार भएको भीषण आगलागीमा घरबारविहीन भएका परिवारलाई आवश्यक ५० किसिमका सामग्री राहतमा उपलब्ध गराइएको छ । 

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

सेभ द चिल्ड्रेनले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार मटिहानी नगरपालिका र रतौली युवा क्लवको समन्वयमा आगलागी प्रभावित १ सय ३ घरधूरीलाई ५० किसिमको राहत सामग्री उलपब्ध गराइएको सेभ द चिल्ड्रेन बर्दिवास कार्यालयकी मिडिया संयोजक रचना श्रेष्ठले जानकारी दिइन् ।

आगलागीबाट प्रभावित १ सय ३ घरधूरीलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाडा बर्तनको सेट, साथै ० देखि २ वर्ष र ३ देखि ५ वर्षमुनिका बालबालिकाका लागि आवश्यक सामग्रीहरूको किट गरी जम्मा ५० किसिमका सामग्री वितरण गरिएको छ ।

मटिहानीको जरलहवा गाछीमा भएको आगलागीमा ९४ घरधूरी पूर्ण क्षतिग्रस्त र ९ घरधूरी आशिक क्षतिग्रस्त भएको थियो ।

प्रकाशित : वैशाख १५, २०८१ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?