२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६०

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार  गरेका छन् । एमालेबाट अब सरकारमा रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुन कुमार केसी  र बाँकेका रत्नबहादुर खत्री विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट धर्म बहादुर चौधरी र नवलपरासीका स्वतन्त्र सांसद खडक बस्नेत पनि मन्त्रीमा नियुक्त भएका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री सहित १० मन्त्रालय छन् । यसअघि विनाविभागीय मन्त्री एमालेका चेतनारायण आचार्यलाई अर्थ, माओेवादीका दीपेन्द्र पुनलाई स्वास्थ र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : वैशाख ६, २०८१ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?