१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

तिलोत्तमामा डढेलो निभाउन गएको दमकलमै आगलागी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको दमकलमा आगलागी भएको छ । बुधबार दिउँसो तिलोत्तमा नगरपालिका-८ स्थित करैया सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको नगरपालिकाको दमकलमा आगलागी भएको हो । 

प्रहरीका अनुसार वनको डढेलोको लप्काले दमकलमा आगलागी भएको हो । दमकलको अगाडिको भाग र इन्जिनमा आगलागीबाट क्षति भएको प्रहरीले जनाएको छ । दमकलको आगो अर्को दमकलले निभाए पनि वनको डढेलो पनि अझै निभिइनसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित : वैशाख १२, २०८१ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?