कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा ९ हजार गाईगोरु लम्पी स्किनबाट संक्रमित

डीबी बुढा

जुम्ला — जुम्ला जिल्लाभर २ हजार गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । जिल्लाका आठ स्थानी यतहका ६० वटै वडामा लम्पी स्किन रोग फैलिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा ९ हजार गाईगोरु लम्पी स्किनबाट संक्रमित

'जिल्लाको सबै क्षेत्रमा लम्पी स्किन रोग फैलिएको देखियो, पशु प्राविधिकहरु गाउँबस्तीमा खटिएर रोकथामको उपायहरु अपनाइरहेका छन्,’ पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले भने ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कनकासुन्दरी, सिन्जा, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका गाईगोरुमा संक्रमण फैलिएको छ ।

कार्यालयका अनुसार जिल्लाभर ९ हजारभन्दा बढी गाईगोरु लम्पी स्किनबाट संक्रमित देखिएका छन् । ३४ वटा गाईगोरु मरेका छन् ।

सिन्जा गाउँपालिकामा ४ वटा गाईगोरु मरेका छन् । दुई हजार गाईगोरु संक्रमित छन् । कनकासुन्दरीमा १ सय १५ गाईगोरु संक्रमित छन् ।

तातोपानीमा ९ हजार १ सय १०, गुठीचौरमा ३ सय ४९ गाईगोरु र २ सय ५१ चौरीगाई लम्पी स्किनबाट संक्रमित भएका छन् । तिला गाउँपालिकामा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरेको कार्यालयले जनाएको छ ।

गाईगोरुमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक तरल पदार्थ आउने, र्‍याल काढ्ने, खुट्टा सुनिने, शरीरमा फोका आउने लक्षण देखा पर्ने गरेको छ ।

प्रकाशित : असार १८, २०८० १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?