१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

अरुण नदीमा चल्यो तीन सातापछि 'फेरी'

संखुवासभा — भोजपुरको उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जोड्ने अरुण नदीमा पर्ने सतिघाटको 'फेरी' बिहीबारबाट संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि गत चैत १६ गते फेरी बन्द भएको थियो ।  

अरुण नदीमा चल्यो तीन सातापछि 'फेरी'

षडानन्द नगरपालिका र काठमाडौंबाट आएको प्राविधिक टोलीले फेरी मर्मत गरेर पुन: संचालनमा ल्याएको षडानन्द नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईंले बताए । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बिहीबार दिउँसोबाट संचालनमा आएका छन् ।

नदीमा पानीको बहाव षडान्नद नगरपालिकातर्फ मोडिएकाले सतिघाटतर्फ बालुवा धेरै थुप्रिएको छ । बालुवा एक्स्काभेटर लगाएर नहटाउँदासम्म ठूला मालवाहक सवारीसाधन ओसारपसारमा भने केही कठिनाइ हुने कार्यकारी अधिकृत चापागाईंले बताए । लम्छुवा घाटमा मोटरेबल पुल नबन्ने निश्चित भएपछि भोजपुरको उत्तरी क्षेत्रका जनताको सहजताका लागि तीन वर्ष अगाडि सतिघाटमा फेरी संचालनमा ल्याइएको थियो ।

फेरीबाट दैनिक एक सयभन्दा बढी ठूला र साना यातायातका साधन आवतजावत गर्छन् ।

प्रकाशित : वैशाख ६, २०८१ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?