२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

चर्च ब्वाइज फाइनलमा

अर्जुन सुवेदी

इटहरी — सुनसरीमा जारी १४औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

चर्च ब्वाइज फाइनलमा

इटहरी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

चर्च ब्वाइजका लागि वैकल्पिक खेलाडी समीर तामाङले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । खेलको ८९ औं मिनेटमा कमल श्रेष्ठको पास सदुपयोग गर्दै समिर गोल गरेका थिए । उनले ४० औं मिनेटमा राजेश परियारको ठाउँमा मैदान छिरेका थिए ।

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणको खेलमा बहराइनविरुद्ध खेलेर बुधबार राति नेपाल फर्किएका समीर सेमिफाइनलका लागि बिहीबार दिउँसो काठमाडौं–विराटनगर फ्लाइटबाट इटहरी आइपुगेका थिए । उनी म्यान अफ द म्याचसमेत घोषित भए । उनले १० हजार हात पारे ।

गत संस्करण उपबिजेता चर्च ब्वाइजले अब उपाधिका लागि शनिबार फाइनलमा आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी शुटआउटमा २–१ को जित हात पार्दै फाइनल पुगेको छ । विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : चैत्र १६, २०८० ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?