कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

वेस्ट इन्डिजसँग खेल्न टोलीमा समेटिए आरिफ 

काठमाडौँ — मध्यक्रमका ब्याटर आरिफ शेखलाई समेट्दै नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको पाँच ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको छ । दुई टोलीबीच पहिलो खेल शनिबार हुनेछ ।

आरिफलाई एसीसी प्रिमियर कप खेल्न ओमान गएको नेपाली टोलीमा राखिएको थिएन । मस्कटमा यसै साता सेमिफाइनलमा पराजित भएर एसिया कपमा छनोट हुन असफल नेपाल तेस्रो स्थानको प्लेअफ खेलमा हङकङसँग पराजित भएपछि एसीसी इमर्जिङ कपमा पनि छनोट आसफल भएको थियो ।

आयरल्यान्ड ‘ए’ सँगको तीन ट्वान्टी–२० खेलको शृंखलामा आरिफले क्रमशः ४९, १४ र अविजित ९३ रनको स्कोर बनाएर आफ्नो दाबेदारी पेस गरेका थिए । एकदिवसीय विशेषज्ञ आरिफले ट्वान्टी–२० अन्तर्राष्ट्रियका ३८ खेलमा १ सय ९ माथिको स्ट्राइक रेटमा ४ सय ९३ रन बनाएका छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, आरिफ, गुलशन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, प्रतिश जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन् ।

प्रकाशित : वैशाख १३, २०८१ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?