पाँचदिने भ्रमणका लागि राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अबेर साँझ अमेरिका प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था 'कमिसन अन दि स्ट्याटस अफ वुमन' ले गर्न लागेको 'वुमन इन पावर' कार्यक्रममा सहभागी हुनेछिन् । 

राष्ट्रपति अमेरिका जाने

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन यही फागुन २६ गते अमेरिका जाने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था 'कमिसन अन दि स्ट्याटस अफ वुमन' ले गर्न लागेको 'वुमन इन पावर' कार्यक्रममा राष्ट्रपति सहभागी हुन लागेकी हुन् ।