प्रधानमन्त्रीले झूटा प्रचार गरे : देउवा

प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकासको नारा दिएको सरकारले महत्त्वपूर्ण समय खेर फालेर जनता निराश पारेको बताएका छन्  । संघीय संसदको सोमबार सुरु भएको अधिवेशनका क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मुलुक समृद्धिको बाटामा अघि बढ्ने अपेक्षा गरिए पनि झन्डै डेढ वर्षको कार्यकालमै निराशामा परिणत भएको दाबी गरे  ।

संघीय संसद्‍को अधिवेशन वैशाख १६ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍को अधिवेशन यही वैशाख १६ गतेका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार संसद् सचिवालयमा पठाएकी छन् ।