विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

अर्थमन्त्रीद्वारा संसदमा प्री-बजेट पेस- ‘सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरु पूरा गरी मध्यम आय भएको मुलुक’

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेका छन् । आगामी वर्षको बजेट कस्तो हुने भन्ने सैद्धान्तिक विषयको बारेमा उनले संसदलाई जानकारी गराएका हुन् ।