पाँचथर हत्या काण्ड

पाँचथर हत्या काण्ड : विभत्स हत्यापछि गाउँले शोकाकुल

पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।

पाँचथर हत्या काण्ड : ९ जनाकै शव परीक्षणका लागि बीपी प्रतिष्ठानमा

पाँचथरको मिक्लाजोङ गाउँपालिका-३ मा हत्या गरिएका ९ जनाको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । 

२५ वर्षअघिको त्यो दुलाल परिवार हत्या काण्ड

मिक्लाजुङमा सोमबार राति दुई परिवारको हत्या भएको घटनाले पाँचथरकै लुङ्‌रुपामा २५ वर्षअघि भएको घटना सम्झाएको छ । साविकको लुङ्‌रुपा गाविस-९, टिम्बुरेमा रहेका दुलाल परिवारको हत्या भएको थियो । १० वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा श्रीमान् र श्रीमतीको हत्या गरिएको थियो । हत्याका मुख्य अभियुक्त दशकपछि यसै वर्ष पक्राउ परेका छन् ।

यसरी भयो दुई परिवारको संहार

सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर फियाकको घरमा छिरे । हातमा खुकुरी बोकेका उनले प्रतिवाद गर्ने मौकै नदिई चार जनाको हत्या गरे । लगत्तै बमबहादुरका ज्वाइँ धनराजको घर पुगे । त्यहाँ रहेका पाँच जना कसैलाई पनि बाँकी राखेनन् । मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेका ज्वाइँ-ससुराको दुई परिवारमा सोमबार राति ९ जनाको ज्यान गयो । 

पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या हुँदा भागेर बाच्न सफल १२ वर्षीया बालिका सीता खजुमको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

पाँचथर घटनाका दोषीलाई कारवाही सांसदको माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको  घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरे ।
ADVERTISEMENT
ADVERTISEMENT

पाँचथर हत्या काण्ड : हत्यामा संलग्न भनी शङ्का गरिएका व्यक्ति मृत फेला

पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

पाँचथर हत्या काण्डबारे मिक्लाजुङ गाउँपालिका अध्यक्ष भन्छन्- 'हामी पुग्दा घटनास्थल रगताम्मे थियो'

मैले यो घटना मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएँ । थाहा पाउने वित्तिकै नजिकैको प्रहरी चौकीमा खबर गरेँ । र, इन्सपेक्टरसहित हामी घटनास्थलमा पुग्यौं । तत्कालै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि खबर गरियो ।

पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् - 'धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे'

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

पाँचथरमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिएका छन्। हत्या गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ बालिका घाइते भएकी छन् ।