नवलपरासीमा हुरी

असिनापानीले नवलपरासीका हुरीपीडितको बिजोग 

हुरीले घरको छानो उडाएका देबचुलीका बासिन्दालाई बुधबार साँझको असिनापानीले बिजोग बनाएको छ । मंगलबारको हुरीले छानो उडाएर चौरमा ओतलागेका २ सय घरपरिवारलाई बुधबार साँझ परेको असिनापानीले भागाभाग बनाएको हो । असिनापानीले नजिकको घरमा ओत लागेका र सुरक्षित स्थलमा आश्रय बनाउन नपाउँदै भीषण पानीको हो ।

नवलपरासीमा हुरीले २ सय घरको छाना उडायो

नवलपरासी देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । त्यहाँ मानवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो । देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरी र असिनाले त्यहाँका २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ ।