रंगशाला प्रकरण : नेकपाले भन्यो प्रकाश घटनाका मुख्य नाइके, पार्टी सदस्यबाट निलम्बित

रंगशालाको अस्थायी बार डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका प्रकाश कँडेललाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले मुख्य नाइके घोषित गरेको छ । ‘घटनाका मुख्य नाइके प्रकाश कँडेललाई पार्टी सदस्यबाट निलम्बन गरी कारवाही गरेका छौं,’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियाले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

धुर्मुस–सुन्तलीले बनाउन लागेकाे रंगशालाको बार डोजरले भत्काएको आरोपमा कँडेलसहित १७ जना पक्राउ

चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ ।