खोकनामा ल खलः

गुठी विधेयकको विरोधमा खबरदारी गर्न बुधबार सडकभरि उर्लेका काठमाडौंवासीलाई हिँडीहिँडी पानी खुवाउने सरकारी भाषाका स्वयंसेवी थिएनन् । काठमाडौं उपत्यकाको सांस्कृतिक परम्पराका गुठियार थिए । हो, पानी खुवाउने गुठीका सदस्य । 

गुठी विधेयकविरुद्ध भव्य खबरदारी

चौतर्फी दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट बुधबार गुठियार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् लगायतले माइतीघर मण्डलमा खबरदारीसभा गरेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट उर्लिएका हजारौं मानिसले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरे । 

तस्बिरमा हेरौं, गुठी विधेयक खारेजीको मागमा उर्लिएको मानवसागर

उपत्यकाका गुठियार र सरोकारवालाहरुले सरकारले मंगलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै बेला अघि बढ्नसक्ने भएकाले खारेजी हुनुपर्ने माग गरेका हुन् ।

गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर [भिडियो]

सरकारले संघीय संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।

गुठी विधेयक फिर्ता भएपनि आज माइतीघर मण्डलामा खबरदारी सभा हुने

सम्पदाप्रेमीले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलता भनेका छन् । उनीहरूले गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि निरन्तर खबरदारी जरुरी रहेको बताएका छन् । 

गुठी विधेयक फिर्ता

गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिएको छ । सरोकारवालाले राजधानीमा मंगलबार विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला सरकार पछि हटेको हो ।
ADVERTISEMENT
ADVERTISEMENT

गुठी विधेयकबारे निर्णय लिन प्रधानमन्त्रीसहित नेकपाका नेताहरु आन्तरिक छलफलमा 

गुठी विधेयकका कारण आन्दोलन चर्किने देखेपछि नेकपा नेताहरुले फिर्ता गर्ने वा स्थगन भन्नेमा आन्तरिक छलफल तिव्र बनाएका छन् । प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान भूमिसुधार मन्त्री पद्मा अर्यालसँग विधेयककाबारेमा सोधपुछ गरेका छन् । 

गुठी विधेयक फिर्ता लिइयोस्ः प्रमुख प्रतिपक्ष

मंगलबारको संसद बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यले गुठी विधेयकका विषयलाई लिएर आ-आफनो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका राजेन्द्रकुमार केसीलाई बोल्न अनुमति दिएका थिए ।

माइतीघर मण्डला घटनाको सरकारले नैतिक जिम्मेवारी लिन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न  सरकार प्रतिबद्ध रहेको बताएका छन् । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर स्थानीय माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे संसदलाई जानकारी दिँदै उनले उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने बताए ।

गुठियार धपाउन प्रहरीले हान्यो पानीको फोहरा ! [तस्बिरहरु]

सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

गुठी विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन, प्रहरीले बल प्रयोग गरेपछि केही प्रदर्शनकारी घाइते 

सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो ।