११ वर्षेको सुसाइड नोट–'कसैले माया गरेन’

११ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका २ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे । शनिबार राति बुबाआमा घरमा नभएको मौका छोपेर उनले आफैंलाई सिध्याए ।

समतामा युवतीकाे शव : सुसाइड नोट विमलाकै

बौद्धस्थित समता अस्पतालमा मृत भेटिएकी विमला तामाङको खल्तीबाट बरामद चिट (सुसाइड नोट) उनले नै लेखेको प्रमाणित भएको छ । अनुसन्धान अधिकारीहरूले विमलाले छोरालाई भर्ना गर्दा विद्यालयमा भरेको फाराम र भेटिएको नोटका अक्षर मेल खाएको पत्ता लगाएको स्रोतको दाबी छ । 

छात्राको कोठामा ‘सुसाइड नोट’

भारतीय रेलसँग किचिएर ज्यान गुमाएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएको पर्सा प्रहरीले वीरगन्ज रानीघाटमा छात्राहरू बस्ने कोठा फोरेर खनतलाशी गर्दा सुसाइड नोट फेला परेको हो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार प्रहरीभित्र प्रेवश गर्दा देख्ने ठाउँमा नै सुसाइड नोट राखिएको थियो ।