भान्सामा भित्रिँदै विषादी

विषादी प्रकरणमा भारतीय दूतावासको पत्रबारे मन्त्रीहरू पन्छिए, प्रधानमन्त्री लज्जित

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरूबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामु लज्जित हुनुपरेको बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरू भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । 

नारायणगढकाे तरकारी बजारमा आँप बाेकेकाे भारतीय ट्रक ताेडफाेड

नारायणगढ क्षेत्रपुरमा रहेकाे महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहानै आँप बाेकेकाे भारतीय ट्रकमा ताेडफाेड भएकाे छ ।

'अर्गानिक प्रदेश' मा भारतीय तरकारी निर्वाध

कर्णाली सरकारले अर्गानिक प्रदेश बनाउने मुख्य नीति अगाडि सारे पनि निर्वाध रूपमा भारतीय तरकारी तथा फलफूल भित्रिने क्रम बढ्दो छ । प्रदेश राजधानी सुर्खेतमा आयात हुने तरकारीको झन्डै तीन चौथाइ हिस्सा भारतीय तरकारीले ओगटेको छ ।

विषादी प्रकरणबारे प्रधानमन्त्रीले भने- 'भारतको कूटनीतिक प्रयासहरू बारे मलाई अनभिज्ञ राखियो'

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

विषादी परिक्षण गरेर मात्रै भारतबाट तरकारी तथा फलफूल आयात गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

‘विषादी परीक्षण रोक्नु मानवअधिकारविपरीत’

राष्ट्रिय मानवअधिकार आयोगले तरकारी, फलफूललगायत खाद्य तथा उपभोग्य वस्तुमा जथाभावी विषादी प्रयोग निरुत्साहित गर्दै गणस्तरीय वस्तु उपभोग गर्न पाउने नागरिकको हक सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

सचिवहरुले गल्ती गर्दा सरकार विवादमा पर्‍यो : मन्त्री यादव

भारतबाट आयात गरिने तरकारीको विषादी परिक्षण गर्ने निर्णयबाट पछि हटेको सरकारका उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादवले सचिवहरुले गल्ती गर्दा सरकार विवादमा परेको दाबी गरेका छन् ।

प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन् ।

भान्सामा भित्रिँदै विषादी, भारतबाट ४४ प्रतिशत तरकारी आयात

भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ । यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुग्ने भएको छ ।

दुई सातामै तुहियो बिषादी परीक्षण योजना, भारतीय दूतावासको पनि दबाब [भिडियोसहित]

सरकारले तयारीबिनै थालिएको आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षण योजना दुई सातामै तुहिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन आदेश परिमार्जन गरी जारी गरे पनि प्रयोगशालाको अभाव र भारतीय दूतावासको दबाबमा तत्काल बिषादी परीक्षणको निर्णय फिर्ता लिइएको हो ।