डा. केसी आन्दोलनमा मधेस केन्द्रित दलको ‘अनौठो मौनता’

डा. गोविन्द केसीको चिकित्सा शिक्षा र सेवामा विद्यमान विकृतिविरुद्धको सत्याग्रह र पक्राउको घटना सडक तथा सामाजिक सञ्जालमा मात्रै सीमित छैन, उनले उठाएका मुद्दाबारे राजनीतिक वृत्तमा पनि उत्तिकै चर्चा छ । तर केसीले उठाइरहेका मुद्दाबारे मधेसकेन्द्रित दल भने प्रतिक्रियाविहीन छन् । 

डा.केसीले अनशन तोड्नुपर्छ : बार

न्यायालयको बेथितिविरुद्ध निष्क्रियजस्तै रहेको नेपाल बार एसोसिएसनले शुक्रबार एकाएक विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । बारले शुक्रबार एकाएक विज्ञप्ति जारी गरी न्यायपालिकालाई दबाबमा पार्ने गरी अनशनलाई निरन्तरता नदिन समेत अनशनरत डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

डा. केसीको समर्थनमा नाटक

अदालतको मानहानीको आरोपमा गिरफ्तार गरिएका नागरिक अभियानकर्मी डा. गोविन्द केसीका पक्षमा देशव्यापी समर्थन जुटिरहेको बेला मंगलबार धरानमा पनि उनको अभियानबारे नाटकको दृश्यमार्फत प्रस्टयाइएको छ ।

‘अब प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?’ 

नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ आरोपमध्ये दुइटामाथि छानबिन गर्न सर्वाेच्च अदालतले आदेश गरेसँगै न्यायालयमा प्रश्न खडा भएको छ, ‘अब पराजुलीको पद के हुन्छ ?’ 

डा. केसीको मुद्दा पुरुषोत्तम र बमकुमारको इजलासमा

अदालतको मानहानी गरेको आरोपमा सोमबार रातिदेखि प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको मुद्दालागि बुधबार पुरुषत्तोम भण्डारी र बमकुमार श्रेष्ठको इजलास तोकिएको छ । डा. केसीलाई इजलासमा लगिएको छ ।
ADVERTISEMENT
ADVERTISEMENT

डा. केसीलाई वीर अस्पताल लगियो

प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको छ ।सर्वोच्च अदालतमा आज केसीको बयान सकिएपछि केसीलाई अस्पताल लगिएको हो ।

डा. केसीको गिरफ्तारी निन्दनीय : प्राध्यापक सुवेदी

ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा. सूर्यप्रसाद सुवेदीले डा. गोविन्द केसीको गिरफ्तारी ‘निन्दनीय’ भन्दै विरोध गरेका छन् । 

श्रीमान् डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो लगाइयोस् : गगन थापा (भिडियो)

कांग्रेस नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीलाई मानहानी लागाउने हो भने आफूलगायतका युवाहरुलाई पनि त्यो मानहानी लगाउन न्यायाधीशलाई चुनौती दिएका छन् ।

डा. केसीको बयान सकियाे, सुनुवाई भाेलि

डा. गोविन्द केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफ्नो बयान दिने क्रममा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

डा. केसीलाई रिहाई गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएको घटना प्रति दु:ख व्यक्त गर्दै यथासिघ्र रिहाईको माग गरेको छ । 

डा. केसीलाई तत्काल रिहा गर्न वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको माग

सर्वोच्च अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतको आदेसमा प्राध्यापक डा गोविन्द केसीलाई गिरफ्तार गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित ‘प्रा.डा. गोविन्द केसी ऐक्यवद्धता समूह’ले न्याय क्षेत्रले आफ्नो गरिमा घटाएकोमा चिन्ता र आक्रोस व्यक्त गरेको छ ।

डा. केसीले असहज महसुस गरेपछि आराम गर्न एम्बुलेन्समा राखियो

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वोच्च प्रशासनले बयान सुरु गर्न केही समय अझै केही लाग्ने र उनलाई केही असहज महसुस भएपछि एम्बुलेन्समा आराम गर्न दिइएको छ ।

डा. केसीको मुद्दा मिश्र र चालिसेको बेञ्चमा

डा. गोविन्द केसीमाथि लागेको अदालतको अबहेलना मुद्दा न्यायाधीशद्वय आमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चमा तोकिएको छ । बयान सकिएपछि मिश्र र चालिसेको संयुक्त इजलासमा डा. केसीको मुद्दा सुनुवाइ हुनेछ ।

डा. केसी सर्वोच्च अदालतमा

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई अहिले सर्वोच्च अदालत पुर्‍याइएको छ । केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ ।

डा. केसी पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् ।

डा. केसीलाई भेट्न प्रहरी कार्यालय पुगे भट्टराई

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई भेट्न नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी कार्यालय पुगेका छन् ।भट्टराई मंगलबार बिहान सिंहदरवार वृत्त पुगेर केसीलाई भेटे ।

फोटोमा हेर्नुस् डा. केसीलाई यसरी पक्राउ गरियो

प्रा. डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले सोमबार राति करिव ८ बजे उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

नागरिक अभियन्ता केसी पक्राउ

डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरेर एम्बुलेन्समा हालेर सिंहदरबार प्रहरी वृत्तमा पर्‍याएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

डा. केसीलाई यसकारण पक्राउ गर्न भन्यो सर्वोच्चले

प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनशन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनू’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको हो ।

डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा 'पक्राउ' आदेश जारी (आदेशसहित)

सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो ।

डा. केसीको १४ औं अनसन प्रधानन्यायाधीश पराजुली विरुद्ध

प्रा डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्‍मेलन गर्दै १४ औं अनसन सुरु गरेका हुन्।

प्रधानन्यायाधीशविरुद्ध अनसनको तयारीमा डा. केसी

प्रा.डा. गोविन्द केसीले १४ औं अनसनको तयारी गरेका छन् । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशि शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाल गरेपछि केसीले अनसनको तयारी गरेका हुन् ।