वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन र राष्ट्रिय वन क्षेत्रमा देखिएका समस्याबारे अध्ययन गर्न छुट्टाछुट्टै टोली परिचालन गरेको छ । वैज्ञानिक वन व्यवस्थापन लागू भएका प्रदेश १ देखि प्रदेश ७ सम्मका विभिन्न जिल्लाका वन प्राविधिक, व्यवस्थापन र सुशासन पक्षमा उठेका प्रश्नबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो ।