बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

वैशाख १७, २०८१ १३:४०

बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । 

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

वैशाख १७, २०८१ १३:२६

भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना गम्भीर घाइते भएका छन् ।

इलाम-२ उपनिर्वाचन : लारुम्बाको भोट पहिचानवादीलाई, कसले कति पाए ?

वैशाख १७, २०८१ १२:१२

किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने भनिएको माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू सबैभन्दा बढी मत ल्याएका छन् । माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीको परिवार अमरण अनशनमा बसेको आज ११ औं दिन

वैशाख १७, २०८१ ११:४०

रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले करार पत्रको रद्दसहितको १३ बुँदे माग राखेर सुरु गरेको आमरण अनशन सोमबार ११ औं दिनमा पुगेको छ ।

तातो हावाको लहर अझै बढ्ने

वैशाख १७, २०८१ ११:००

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । 

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

वैशाख १७, २०८१ १०:४२

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा पुन: एमाले अगाडि लागेको छ । सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार दमनबहादुर भण्डारीले तोडेका हुन् । उनी ९ मतले अगाडि रहेका छन् । भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । 

रास्वपा उम्मेदवार मिलन लिम्बूले आफ्नै वडामा पाए जम्मा ९६ मत 

वैशाख १७, २०८१ १०:१८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिका वडा नम्बर-२ मा लिम्बूले ९६ मत मात्रै पाएका छन् ।

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघ्यो

वैशाख १७, २०८१ १०:११

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् । 

स्याङ्जामा चक्कुले घाँटी रेटेर किशोरको हत्या

वैशाख १७, २०८१ ०९:५५

स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर किशोरको हत्या गरिएको छ । दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

न्यून दृष्टि, तर दृढ इच्छाशक्तिले राष्ट्र बैंकमा अब्बल 

वैशाख १७, २०८१ ०९:५१

खास गरी अर्थशास्त्र र व्यवस्थापन विषय लिएर पढ्नेका लागि राष्ट्र बैंकको जागिर ‘ड्रिम जब’ नै मानिन्छ । धेरैले कडा मिहिनेत र निरन्तरको प्रयासपछि मात्र यो अवसर प्राप्त गर्छन् । यस्तैमध्येका एक हुन्, रवि ढुंगेल । जीवनको गन्तव्य राष्ट्र बैंक बनाएका उनले त्यहाँसम्म पुग्न कडै मिहिनेत गर्नु पर्‍यो । पाँच वर्ष नेपाल बैंकको अधिकृत भएर काम गरे ।

इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू निकै पछाडि

वैशाख १७, २०८१ ०९:४५

इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा एमालेका सुहाङ नेम्बाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई २ हजार ८ सय ५३ मतले पछाडि पारेका छन् ।

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

वैशाख १७, २०८१ ०९:२३

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार २ सय ८४ मतले अगाडि रहेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका हुन् । 

लगानी र १०० बिलियन डलर अर्थतन्त्रको लक्ष्य

वैशाख १७, २०८१ ०८:२४

जापानका तत्कालीन प्रधानमन्त्री हायातो इकेदाले सन् १९६० मा घोषणा गरेका थिए– ‘इन्कम डबलिङ प्लान’ । यही योजनाका कारण जापानको अर्थतन्त्र ७.२ प्रतिशतको लक्ष्यबाट वृद्धि भई १० प्रतिशतभन्दा माथि पुग्यो र ७ वर्षमै दुई गुना ठूलो बन्यो । निर्यात र औद्योगिक विकासलाई प्राथमिकतामा राखेर दस वर्षमै अर्थतन्त्रलाई दुई गुना ठूलो बनाउने लक्ष्य राखिएको थियो । प्रधानमन्त्री इकेदाले लक्षित क्षेत्रमा लगानी, उद्योगलाई कर छुट र सामाजिक सुरक्षाका क्षेत्रमा विस्तारका योजनालाई अघि बढाएका थिए । 

मृतः राजनीति, मृत्युशय्यामा अर्थतन्त्र

वैशाख १७, २०८१ ०८:२३

आर्थिक उन्नति र समग्र विकासको मुख्य जग सुशासन हो र सुशासनको मूल स्रोत राजनीति हो । अथवा, जहाँ राजनीतिले सुशासन दिन सकेको छैन । अर्थतन्त्र अविकास, गरिबी र पछौटेपनको चपेटमा परेको छ । नेपाललगायत संसारका सबै अविकसित र तन्नम मुलुक एवम् तिनका इतिहास यस्तो दुष्चक्रका ज्वलन्त उदाहरण हुन् ।

बेरोजगारीले निम्त्याएको पारिवारिक पीडा

वैशाख १७, २०८१ ०८:२२

मूल कानुनको मौलिक हकअन्तर्गत धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने उल्लेख छ । रोजगारीको सर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनअनुसार हुने, प्रत्येक नागरिकलाई रोजगारी छनोट गर्ने अधिकारसमेत हुने विषयसमेत यसमा छ ।

फेसनमा संस्कृति र पर्यटन

वैशाख १७, २०८१ ०८:१३

तानसेन नगरपालिका–५, कैलाशनगर पाल्पाकी अनिता खाती क्षेत्रीले दर्जनौं देशमा आयोजित ‘फेसन शो’ मा भाग लिइसकेकी छन् । ती शोहरूमा नेपाली मौलिकता र संस्कृति प्रयास गर्छिन् । उनले हालै क्यानभासमा हातले पेन्ट गरेको पोसाकमा नेपाली झन्डासँगै काठमाडौंको धरहरा, पाल्पाको रानीमहल र पाल्पाली ढाका अटाएकी छन् । ‘लिगेसी टु टेक प्राइड’ शीर्षकमा तयार पारिएको पोसाक पाल्पा दरबारमा डमीका रूपमा राखिएको छ । 

‘एआई’ मा जनावरको कल्पना

वैशाख १७, २०८१ ०८:०५

सूचना प्रविधिको युगमा ‘एआई’ भन्नेबित्तिकै जोसुकैलाई लाग्छ, कृत्रिम बौद्धिकता । तर बत्तीसपुतलीस्थित शिल्पी थियटरमा एक्रो थियटर अभ्यास प्रस्तुतिमा भने विद्यार्थीहरूले यसको फरक अर्थ निकालेका छन् । नाटकको शीर्षकमा उल्लेख ‘ए’ ले एनमिल (जनावर) र ‘आई’ ले इम्याजिनेसन (कल्पना) बुझाउँछ । खासमा ‘एआई’ नाटकमा अभिनय गर्ने कलाकारले दर्शकलाई समेत जनावरको कल्पनामा पुर्‍याउँछन् । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

वैशाख १७, २०८१ ०८:०४

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

एनसेलको नवीकरणमा मन्त्रिपरिषद्को सर्त

वैशाख १७, २०८१ ०७:५६

आउँदो भदौमा गरिनुपर्ने एनसेलको अनुमतिपत्र नवीकरणका लागि सरकारले सर्त अघि सारेको छ । गत फागुन ६ मा नै माइन्युट गरी शुक्रबार सार्वजनिक निर्णयमा पाँच वर्षपछि एनसेलको स्वामित्वमा रहेका सम्पूर्ण जायजेथा सरकार मातहत आउने सुनिश्चितता गरे मात्रै मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्न सकिने उल्लेख छ । 

भोकमरीको जोखिममा परेकालाई खाद्य सहायता परिचयपत्र

वैशाख १७, २०८१ ०७:५५

सरकारले भोकमरी जोखिम भएका घरपरिवारलाई खाद्य सहायता परिचयपत्र दिने तयारी थालेको छ । भोकमरी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी यस्तो तयारी थालेको हो । यसका लागि ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली ०८०’ जारी गरेको छ ।

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

वैशाख १७, २०८१ ०७:५२

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । चन्द्रागिरि नगरपालिका–८ मा निर्माण गरिएको सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरे ।

बजारमा क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर 

वैशाख १७, २०८१ ०७:३१

 ब्याट्री स्वापिङ इकोसिस्टममा अग्रणी कम्पनी गोगोरो आईएनसी र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङसहित गोगोरो क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेको छ ।

एनसेलको बोर्डर रोमिङ प्याक 

वैशाख १७, २०८१ ०७:३१

भारत, चीन र बंगलादेश जाने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले बोर्डर रोमिङ प्याक ल्याएको छ । प्याकले ग्राहकलाई यी गन्तव्यको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेर सम्पर्कमा रहन सघाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भाइबरसँग मिलेर स्वास्थ्य मन्त्रालयको 'स्वास्थ्य सूचना'

वैशाख १७, २०८१ ०७:३०

राकुटेन भाइबरसँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य सूचना’ अभियान सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यलाई अझ बलियो बनाउन राकुटेन भाइबरसँग साझेदारी गरिएको मन्त्रालयले जनाएको छ ।

हिमालयन सेक्युरिटिजले थाल्यो कारोबार

वैशाख १७, २०८१ ०७:२८

 हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबार सुरु गरेको छ ।

पाँच महिनापछि उडानमा फर्कियो निगमको न्यारोबडी

वैशाख १७, २०८१ ०७:२५

इन्जिन मर्मत गर्न नेपाल वायु सेवा निगमले पुस २७ मा इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज ०८० मंसिर १४ देखि उडानमा थिएन ।

बर्सेनि बजेट आउँछ, कुलो बन्दैन

वैशाख १७, २०८१ ०७:२५

यति बेला तराईमा धानको बेर्ना राख्ने समय सुरु भइसक्यो । तर कैलालीको कैलारी गाउँपालिकाका २० गाउँका डेढ हजारभन्दा बढी किसानको ९ हजार हेक्टर जमिन सिँचाइ नपाएर समयमा खेती लगाउन नपाउने अवस्थामा छ ।

बाल मन्दिरको जग्गा कसले धितो राख्यो बैंकमा ?

वैशाख १७, २०८१ ०७:१०

बेथितिको कुनै सीमा हुँदैन । यसो भन्नुपर्ने अवस्था किन आएको छ भने बाल मन्दिरको ५२ रोपनी जग्गा नेपाल बैंकमा धितो राखिएको खुलासा भएको छ । सरकारी जग्गा बैंकमा धितो राखिएको भन्ने समाचार आफैंमा देशकै विडम्बना हो । अझ, मालपोत कार्यालय डिल्लीबजारले २०५६ देखि नै जग्गा धितोमा राखेको पुष्टि भए पनि पैसा कति निकालिएको थियो, प्रयोजन के थियो र खर्च कहाँ गरियो भन्ने अभिलेख कतै भेटिएको छैन ।

अन्तिम समयमा अनियन्त्रित नेपाल 

वैशाख १७, २०८१ ०७:०६

प्रशिक्षक मोन्टी देसाईको भनाइलाई मान्ने हो भने नेपालले बलिङमा सुरुको १८ ओभर र ब्याटिङमा अन्तिम १७ ओभर आफ्नो पक्षमा राखेको थियो । यसबाहेकको ५ ओभरमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो अनुभव देखायो र नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा १० रनको विजय हात पार्‍यो । 

करिब १ अर्ब बचत फिर्ता माग्दै स्वर्णलक्ष्मी सहकारीपीडितले दिए उजुरी

वैशाख १७, २०८१ ०६:५८

जीबी राई समूहले सञ्चालन गरेको काठमाडौं स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालीमाटीमा ५ सय २८ जनाले करिब १ अर्ब बचत रकम फिर्ताको माग गर्दै उजुरी दिएका हुन् । 

मोनाको हार्दा पीएसजीलाई लिग उपाधि

वैशाख १७, २०८१ ०६:३९

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वान लगातार तेस्रो पल्ट जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको मोनाको लियोनको हातबाट ३–२ ले पराजित भएपछि पीएसजीको भाग्य खुलेको हो ।

आर्सनलमाथि सिटीको चर्को दबाब

वैशाख १७, २०८१ ०६:३८

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिङघम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधि होडमा आर्सनलमाथि चर्को दबाब कायम राखेको छ । डिफेन्डिङ च्याम्पियनको जितमा जोस्को ग्वारडिओल र इर्लिङ हालान्डले गोल गरे ।

हैदराबादमाथि चेन्नईको सहज जित

वैशाख १७, २०८१ ०६:३०

आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ ।

इलाममा मतान्तर बढाँउदै एमाले, कांग्रेसलाई पछ्याउँदै पहिचानवादी

वैशाख १७, २०८१ ०६:२२

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।

‘फेक न्युज’ मा सर्वोच्चको ‘सो-मोटो’, अवहेलनामा मुद्दा, सोमबार सुनुवाइ

वैशाख १७, २०८१ ०६:१५

स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विषय सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चले ‘सो–मोटो’ (स्वतः संज्ञान) लिएर आइतबार मुद्दा दायर गरेको छ । जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन माग गरिएको छ । मुद्दाको सुनुवाइ सोमबार हुँदै छ । 

विदेशी लगानीलाई सरकार र निजी क्षेत्रको संयुक्त आमन्त्रण

वैशाख १७, २०८१ ०६:०८

पचासभन्दा बढी मुलुकका २ हजार २ सयभन्दा बढी प्रतिनिधिहरूसामु नेपालका सत्तापक्ष र प्रतिपक्ष दुवैले देशमा लगानीमैत्री वातावरण सिर्जना भएको उल्लेख गर्दै नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य भएको संयुक्त रूपमा बताएका छन् । 

बझाङ प्रदेशसभा-१ कांग्रेस उम्मेदवार सिंह अगाडि लागे

वैशाख १७, २०८१ ०६:०४

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन् । सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले अगाडि छन् ।

इलाममा एमालेको अग्रता कायमै, बझाङमा कांग्रेसले उछिन्यो

इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । सोमबार बिहानसम्म भएको गणनाअनुसार उनले ७ हजार ६ सय ७७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् । 

निराशाको बादल हटाऊ

वैशाख १७, २०८१ ०५:३१

कोल घुमेझैं घुमेर त कहीं पुगिँदैनझापा जाने गाडी चढी डोटी पुगिँदैनकटहरको बीउ रोपी कहाँ फल्छ स्याउसाँच्चै स्याउ फलाउन त स्याउकै बीउ लगाऊ

मननयोग्य विषय

वैशाख १७, २०८१ ०५:२९

अर्को मुलुकसँग उपहार आदानप्रदान गर्दा धेरै विचार गर्नुपर्ने देखिन्छ । उपहारमा के दिए देशलाई नोक्सानी हुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।

लालपुर्जाको आसमा बित्दै जिन्दगी

वैशाख १७, २०८१ ०५:२७

नेपालगन्ज उपमहानगरपालिका–१९ आलानगरका धेरै भूमिहीनले जग्गाको आशामा दासत्वको जीवन बिताए । भूमि अधिकारका लागि २०५२ देखि २०८० चैत ८ सम्म आयोगमा धाए । भूमिको आसमा बसेका कति किसानको मृत्यु भइसक्यो ।

खुला विश्वविद्यालय बन्द हुन सक्छ

वैशाख १७, २०८१ ०५:२६

१. नेपाल खुला विश्वविद्यालय स्थापना भएको नौ वर्ष भएको छ तर यसको हालत दिनानुदिन चौपट बन्दै गइरहेको छ । नेतृत्व चयन गर्दा विचार पुर्‍याउन नसकेपछि र जसरी भए पनि भागबन्डा गरेर राजनीतिक स्वार्थ पूरा गर्न उद्यत् भएपछि कसरी हुन्छ प्रगति ?

गोठाटारमा अन्सारीको हत्या गर्ने समूहका बब्लु पासवान वीरगञ्जमा पक्राउ

वैशाख १७, २०८१ ००:०६

काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको डेढ वर्ष अघि गोली हानी हत्या गर्ने समूहका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली प्रहार गरी आइतबार नियन्त्रणमा लिएको छ ।

उपनिर्वाचन : इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता [अपडेट]

प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा आइतबार राति ११ बजेसम्म एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । उनले एक हजार १ सय मतभन्दा बढीको अग्रता कायम गरेका छन् । मध्यान्नबाट सुरु भएको मतगणनाको प्रारम्भमा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

'वात्सल्यको आइभीएफ सेवाबाट तीन महिनामा ७०. ८८ प्रतिशत सफलता'

वैशाख १६, २०८१ २२:५९

वात्सल्य नेचुरलले पछिल्लो तीन महिनामा आफ्नोबाट आइभीएफ सेवा लिएका ७०.८८ प्रतिशतले सन्तान प्राप्तिको सफलता प्राप्त गरेको दाबी गरेको छ ।

प्रधानमन्त्री कप एनभीए भलिबल लिग अर्को महिना

वैशाख १६, २०८१ २२:१७

नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग जेठ १९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।  

आगलागीबाट दाङमा २३ घरगोठ जले

वैशाख १६, २०८१ २२:०२

आगलागीबाट दाङको राजपुरमा २३ घरगोठ जलेका छन् । राजपुर गाउँपालिका–७ हाडबासस्थित गाईघाट सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो बस्तीमा फैलँदा २३ घरगोठ जलेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लले बताए ।

'रित्तो गाउँ'मा विदेशिएका युवाको चित्रण

वैशाख १६, २०८१ २१:५३

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित डकुमेन्ट्री सर्ट फिल्म प्रदर्शन गरिएको छ ।

लागूऔषधसहित एक जना पक्राउ

वैशाख १६, २०८१ २१:२८

पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महेशपुरबाट परासीतर्फ आउँदै गरेको भारतीय नम्बरको युपि ५६ ई  २८७६ नम्बरको मोटरसाइकलमा सवार रामग्राम ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवालाई पक्राउ गरेको हो ।