कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटेरी गर्नेको घर भत्काईयो

शिव पुरी

रौतहट — सडक अतिक्रमण गरेर बनाएको पक्की घर भत्काउन अटेरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । अतिक्रमण हटाउन थालेपछि आफैँ खाली गर्ने म्यादमा पनि नहटाइएको त्यस्ता घर भत्काइएको छ ।

अटेरी गर्नेको घर भत्काईयो


प्रशासनको सहयोगमा सडक विभागले चन्द्रपुर नगरपालिकास्थित अतिक्रमण गरेर मुख्य चोक र पुरानो बजारमा बनाइएको घर–टहरा हटाउन थालेको हो । पक्की घर भत्काउने क्रममा विवाद हुँदा प्रहरीले केहिलाई नियन्त्रणमा समेत लिएको छ ।


बजारस्थित लक्ष्मी साहले सडक मिचेर बनाएको पक्कि घर सोमबार भत्काइएको छ । घर भत्काउँदा ठुलो संख्यामा व्यपारीहरु विरोधमा एकत्रित भएका थिए । सुरुमा जनज्योती विद्यालय अगाडीको अतिक्रमण हटाउने क्रममा विवाद भएको थियो । विवादकै क्रममा प्रहरीले व्यपारी सुनिल साहलाई नियन्त्रणमा लिएर पछि छाडेको थियो । साहको घर सडक भन्दा १५ मिटर भित्र बनाइएको छ । सडकले पूर्व–पश्चिम राजमार्गमा २५ र सहायकमा १५ मिटर भित्रको अतिक्रमण हुटाउन सुरु गरेको हो । बजार क्षेत्रमा केहि विवाद भएपनि अतिक्रमण हटाउने काम जारी रहेको नगरपालिका प्रमुख रामचन्द्र चौधरीले बताए ।


‘अतिक्रमण गरिएका सबै ठाउँ खाली गराइनेछ,’ मेयर चौधरीले भने, ‘अतिक्रमण हटाएपछि सवारीसाधनलाई व्यवस्थित गरिनेछ ।’ बजारका केहि व्यपारीले भने सडक विभागले नापको विरोध जनाएका छन् । ट्राफिक प्रहरीको सक्रियताले मुख्य चोकमा बस रोक्न निषेध गरिएको छ । जथाभावी पार्किङ हटाइएको छ । चन्द्रपुर बजार र चोकको सफाइ भएको छ ।


सडकमा जथाभावी सवारीसाधन रोक्न थालेको भन्दै कडाइ गरिएको ट्राफिक प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए । जेब्राक्रसमा पार्किङ गर्न दिइएको छैन । लोकल बसलाई टेकानटोलस्थित बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको छ ।


चन्द्रनिगाहपुरमा अव्यवस्थित ठेला राख्दा राजमार्गमा दुर्घटना बढेपछि ठेला व्यापारलाई त्यहाँबाट हटाइएको छ । सडकमा जथाभावी रुपमा ठेला राख्दा दुर्घटनाको जोखिम बढेको थियो । चन्द्रपुरस्थित पूर्व–पश्चिम राजमार्गको मुख्यचोक सधै व्यस्त हुन्छ । चोकमा ठेला व्यापारीले सवारी आवागमन र यात्रुलाई हैरान पारेको थियो ।

प्रकाशित : चैत्र ५, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?