कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसईई अंग्रेजी प्रश्नपत्रमा त्रुटि

आश गुरुङ

लमजुङ — यसवर्षको एसईई परीक्षाको पहिलो दिन बिहीबारका लागि परीक्षार्थीलाई बाँडिएको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटि भेटिएको छ । बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष विनोद गुरुङले प्रश्नपत्रमा त्रुटि भेटेपछि शिक्षा कार्यालयका उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईलाई भनेका थिए ।

एसईई अंग्रेजी प्रश्नपत्रमा त्रुटि

उनले शिक्षा अधिकारी गोपालप्रसाद कँडेललाई खबर गरी त्रुटिबारे बताएको र त्यसपछि परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेर त्रुटि सच्याएको बताए ।


अनिवार्य अंग्रेजी विषयको पेज नं. ३, प्रश्न नं. ३ को ‘ए’ मा सही र गलत छुट्याउन भनी ५ नं. को अंकभार राखेर प्रश्न सोधिएकोमा वाक्य राखेर खाली ठाउँ भर्न लगाइएको छ । ‘प्रश्नपत्रमा ट्रयु र फल्स छुट्याउने भनिएको छ । प्रश्न सबै खाली ठाउँ भर्नेछ । यसले हामी अन्योलमा पर्‍यौं’ प्रधानाध्यापक गुरुङले भने, ‘यो त परीक्षा नियन्त्रण कार्यालयको गल्ती हो ।’ उपजिसिअ भट्टराईले प्रश्नभार कम नम्बरको भए पनि यसमा विद्यार्थी अन्योलमा परिहालेमा यसले पास र फेल गराउन सक्ने बताए ।


‘प्रश्नपत्रमा गल्ती हुनसक्छन् । स्पेलिङ मिस्टेक वा कुनै शब्द छुटिनु त ठीकै छ । एउटा प्रश्न सोधिएको छ, अर्को गर्न लगाइएको छ, यो परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो नि !’ उनले पछि सबैबाट प्रश्नपत्रमा त्रुटि रहेको गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालयमा सोधेर यसलाई सच्याइएको उनले बताए ।

प्रकाशित : चैत्र ८, २०७४ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?