कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नेपाली नोट फेला

प्रतिक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिकास्थित नेपाली एक हजारको नक्कली नोट फेला परेको छ । यहाँको जयजनता बहुउदेश्यीय सहकारी संस्थाले बजारमा दैनिक बचतकर्ताबाट मंगलबार संकलन गरेको रकममा नक्कली नोट फेला परेको हो ।

नक्कली नेपाली नोट फेला

सहकारीले गण्डकी विकास बैंकमा जम्मा गर्ने क्रममा नोट नक्कली भएको पुष्टि भएको बैकका प्रबन्धक प्रवीण श्रेष्ठले बताए । फेला परेका ४ वटै नोट एकै नम्बर च २५–६१४१६३ रहेका छन् ।


सहकारीका बचतकर्ताले पुतलीखेत, घुम्ती र मुख्य बजारबाट संकलन गरेको रकममा नोट फेला परेको सहकारीका अध्यक्ष संघ ताम्राकारले जानकारी दिए । गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेको नक्कली नोटमा छपाई, रङ् र विभिन्न चिह्नमा फरक रहेको छ । बजारको सबै क्षेत्रबाट नक्कली हजारको नोट फेला परेपछि बजारमा धेरै नक्कली नोट हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।


नोटलाई विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गर्ने र गिरोहको खोजी गर्ने बताइएको छ ।

प्रकाशित : वैशाख १२, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?