कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३१ जिल्लाका प्रजिअ सरुवा (पूर्ण विवरणसहित)

जनकराज सापकाेटा

काठमाडौँ — गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ), ६ जिल्लाका सहायक प्रजिअ र तीन जिल्लाका कायममुकायम प्रजिअलाई सरुवा गरेको छ । नयाँ सरकार गठनपछि पहिलो पटक ठूलो संख्यामा गृह प्रशासनका कर्मचारी सरुवा गरिएको हो ।

३१ जिल्लाका प्रजिअ सरुवा (पूर्ण विवरणसहित)

नवलपरासी पूर्वका सहायक प्रजिअ शम्भुप्रसाद मरासिनी गृह मन्त्रालयमा र धनुषाका प्रजिअ दिलीपकुमार चापागाईं मन्त्रालयको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशकमा सरुवा भएका छन् । मुस्ताङका प्रजिअ रामचन्द्र तिवारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ ।


गृहले कारागार व्यवस्थापन विभागको निर्देशक लीलाधर अधिकारीलाई म्याग्दी प्रजिअको जिम्मेवारी दिएको छ भने भोजपुरका प्रजिअ फणिन्द्र दाहाललाई कारागार व्यवस्थापनको निर्देशक बनाएको छ । सुर्खेतका सहायक प्रजिअ गंगाप्रसाद न्यौपाने र संखुवासभाका प्रजिअ शिवराज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।

सरुवा गरिएका अधिकारीहरुको पूर्ण विवरण निम्न अनुसार रहेका छन्:

प्रकाशित : वैशाख १३, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?