कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

महोत्तरी — धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएको छ । 

धुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै उक्त बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराइन् ।


उक्त अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न रु एक लाख प्रदान गर्ने घोषणा गरे । गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले शिक्षामा देखिएको बेथितिलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

प्रकाशित : वैशाख १३, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?