कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको पाँच गोल

एजेन्सी

लन्डन — काइ हार्भेटेज र वेन ह्वाइटले गरेको दुई/दुई गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार चेल्सीलाई सजिलै ५–० ले पराजित गरेको छ । यो जितसँगै शीर्षमा रहेको आर्सननले उपाधि होडमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीमाथि पनि दबाब बढाएको छ ।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको पाँच गोल

आर्सनलका लागि लियानड्रो ट्रोसार्डले पनि एक गोल गरे । यो नतिजापछि आर्सनलले लिभरपुलमाथि तीन र सिटीमाथि चार अंकको अग्रता लिएको छ । डिफेन्डिङ च्याम्पियन सिटीले भने दुई खेल कम खेलेको छ ।

लिभरपुलले भने एक खेल कम खेलेको छ । मिखेल आर्टेटाको आर्सनललाई ठूलो गोल अन्तरको फाइदा छ र यो उपाधि होडमा निर्णायक पनि हुन सक्नेछ ।

प्रकाशित : वैशाख १२, २०८१ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?