कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

तीन बक्सिङ खेलाडी उज्वेकिस्तानतिर

काठमाडौँ — उज्वेकिस्तानको अस्तानामा हुने एएसबीसी यू–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

तीन बक्सिङ खेलाडी उज्वेकिस्तानतिर

अप्रिल २७ देखि मे ८ सम्म हुने प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले भाग लिनेछन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती तथा महिला ४८ केजीमा सुष्मा तामाङ र ५० केजीमा रमिशा श्रेष्ठले खेल्नेछन् ।

नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन् । सुष्माले थाइल्यान्डमा भएको यसै प्रतियोगितामा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले पाएको एकमात्र पदक हो ।

प्रशिक्षकमा सुजित पुनमगर र निर्णायकमा धनकुमार मैनाली छन् ।

बुधबारै ५ सदस्यीय नेपाली टोली अस्ताना गएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ , नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरे ।

प्रकाशित : वैशाख १२, २०८१ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?