कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रमा अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् । 

सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

विश्वमा सूचना प्रविधिको विकासले तीव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाइदा लिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रुपमा काम गर्न सक्छ । हाम्रा थुप्रै युवाहरूलाई रोजगारीको मूल प्रवाहमा ल्याउन सकिन्छ, ।’

सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय ठूला कम्पनीको ब्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिनेमा अध्यक्ष मल्लले जोड दिए । अन्तर्राष्ट्रिय आइटी कम्पनीका लागि सहयोग र विभिन्न एप्सहरू बिक्री माफर्त नेपालले गतवर्ष झण्डै ६८ अर्ब रुपैयाँ आम्दानी गरेको पनि अध्यक्ष मल्लले स्मरण गराएका थिए ।

मुलुकको आर्थिक समृद्धिका लागि अबको प्राथमिकतामा आईटी क्षेत्र पर्नुपर्ने र सोही अनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । डिजिटल अर्थतन्त्र मार्फत आर्थिक गतिविधी बढाउनुपर्नेमा उनले जोड दिए । सूचना तथा संचार एवं प्रविधिका नयाँ नयाँ साधनहरूलाई आमजनताको पहुँचमा पुग्नेगरी गतिविधी विस्तार गर्नुपर्ने पनि उनको भनाइ थियो । डिजिटल अर्थतन्त्र विकास गर्न सकिएमा आर्थिक पारदर्शिता कायम हुने पनि उनको भनाइ थियो ।

प्रकाशित : माघ २५, २०८० १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?