विश्व
कार्तिक ३०, २०७५

जिम्बाबे सवारी दुर्घटनामा ४२ जनाको मृत्यु

जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । 

जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।

ब्रेक्जिटले बेलायती राजनीति अस्थिरतातर्फ

बेलायत युरोपेली संघ (ईयू) बाट बहिगर्मन (ब्रेक्जिट) सम्बन्धी सम्झौता अनुमोदन भएसँगै बेलायतको राजनीति अस्थिरतातर्फ धकेलिएको छ । प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट सम्बन्धमा ईयूसँग भएको सम्झौताको मस्यौदा आफ्नो मन्त्रिपरिषदले अनुमोदन गरेको बताएको भोलिपल्ट केही वरिष्ठ मन्त्रीले राजीनामा दिएका छन् । 

रोहिंग्या शरणार्थी: फिर्ती प्रक्रियाप्रति असन्तुष्ट 

बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्या अल्पसंख्यकहरूले आफ्नो देश म्यान्मार फिर्तीका प्रक्रिया रोक्न माग गर्दै आन्दोलित भएका छन् । 

कार्तिक २९, २०७५

श्रीलंकाको संसद्‌मा कुटाकुट, घाइते एक सांसद अस्पताल भर्ना 

एजेन्सी श्रीलंकाको संसदमा बिहीबार रनिल विक्रमासिंघे र महिन्दा राजापाक्ष समर्थित सांसदहरुबीच कुटाकुट भएको छ  । कुटपिटपछि घाइते एक सांसद अस्पतालमा भर्ना भएका छन् । 

ADVERTISEMENT

ब्रेक्जिट सहमतिको आलोचना गर्दै दुई वरिष्ठ मन्त्रीले दिए राजीनामा

बेलायतका दुई वरिष्ठ मन्त्रीले ब्रेक्जिट सहमतिको आलोचना गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । ब्रेक्जिट मन्त्री डोमिनिक रब र श्रम तथा पेन्सन मन्त्री एस्टर मक्भेले प्रधानमन्त्री टेरेजा मेले गरेको ब्रेक्जिट सहमतिको विरोध गर्दै राजीनामा दिएका हुन् ।

आगलागीमा ५० को मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एक सयभन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीले मंगलबार जनाएका छन् ।

कार्तिक २८, २०७५

थाइ बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला

थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

श्रीलङ्काली राजनीतिक संकट : संसदद्वारा नवनियुक्त प्रधानमन्त्री राजापाक्षविरुद्ध अविश्वास प्रस्ताव पारित

श्रीलङ्काको पुनस्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।