डा. तीर्थबहादुर श्रेष्ठ

सय वर्षमा सत्यमोहन : एक पलमा एक सदी

सय वर्ष अर्थात् एक शताब्दीको उमेर बोकेर बाँचिरहेका धेरै मान्छे हुन्छन् यो संसारमा । तर, स्वस्थ, सचेत र सारगर्भित जीवन थोरैले मात्र बाँच्न सफल भएका हुन्छन् । त्यसमा पनि प्रत्येक पलमा एक सदी बाँच्न सक्ने मान्छेको इहलीला भने श्री सत्यमोहन जोशीमा प्रत्यक्ष हुन्छ । उहाँलाई भेट्ने हरेक मान्छेले उहाँको प्रत्येक पलको महत्त्व यसैगरी बुझ्दछ ।

'बुँख्याचा' बालकृष्ण

 विक्रम संवत् २०३६ सालमा गठन भएको प्राज्ञ–परिषदको नवग्रहजस्ता नौजना सदस्यमध्ये भाषातर्फका एक ग्रह अनायास अस्ताए भन्ने समाचारले निकै विह्वल भएको छु  । नेपाली भाषाका भीष्मपितामह मानिने विद्वान बालकृष्ण पोखरेल अब हामीमाझ हुनुहुन्न भन्ने कुराले पिरोल्दो छ  ।

आयुमा जीवन थप्छन् कविवर

भनिन्छ, कोही जन्मँदै महान् हुन्छन्, कोही महानता हासिल गर्छन् र कोहीमा भने महानता थोपरिन्छ । व्यक्ति कसरी महान् हुन्छ भन्ने शेक्सपियरका यी तीन धारमध्ये दोस्रो धारले महान् बनेका व्यक्ति हुन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे । लमजुङमा जन्मेर लैनचौर, काठमाडौंमा आफ्नो १०० वर्षको जीवनयात्राको अनुष्ठानमा पुग्नुभएका महान् व्यक्तिलाई सुरुमै मंगलमय शुभकामना चढाउँछु ! 

डा. तीर्थबहादुर श्रेष्ठका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।