कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

जसका कारण तत्कालै दुई जनाको ज्यान गएको थियो । विस्फोटको तीन महिनाभित्र २७ जनाको विकिरणका कारण हुने रोगबाट मृत्यु भएको थियो ।

दुर्घटनापछि स्वास्थ्य र वातावरणमा निकै ठूलो प्रभाव परेका कारण वरपरका स्थानबाट ५० हजार मानिसलाई ३६ घण्टाभित्र अन्यत्र सारिएको थियो । दुर्घटनाका समय १४ वर्षभित्रका १८ हजार बालबालिकामा थाइराइड क्यान्सर देखिएको थियो ।

युक्रेनको किभ सहरबाट ६५ किलोमिटर उत्तरपूर्वी सहर चेर्नोबिलमा एक/एक हजार मेगावाट बिजुली उत्पादन गर्ने चारवटा आणविक भट्टी थिए । तीमध्ये चौथो नम्बरको भट्टीमा सुरक्षासम्बन्धी अभ्यास गर्ने क्रममा दुर्घटना भएको थियो ।

विस्फोटपछिको विकिरणका कारण २००५ सम्ममा क्यान्सरका कारण कम्तीमा ९ हजार जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको भनाइ छ । ‘ग्रिनपिस’ नामक संस्थाले भने दुर्घटनाकै कारण दुई लाख जनाको मृत्यु भएको अनुमान गरेको छ ।


प्रकाशित : वैशाख १४, २०८१ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?