साँखुमा बज्रयोगिनीको जात्रा मनाइएको छ । नौ दिन मनाइने जात्राको चौथो दिन शुक्रबार 'मु' जात्रा अर्थात् मुख्य दिन हो । आजको दिन गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँ हातमा कमलको फूल, बहुमूल्य हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई साँखु नगर गरिक्रममा गराइएको थियो ।
स्वस्थ जीवनशैलीको सन्देश फैलाउन पृथ्वीको परिधि बराबर ४० हजार किमि पैदल हिँड्ने अभियानमा रहेका भारत गुजरातका ४३ वर्षीय योगेन शाहले नेपालको पैदल यात्रा गरेर फर्किएका छन् । भारतको उत्तरखण्डबाट पैदल सुरु गरेका उनी २०८० चैत २ गते गड्डाचौकी–महेन्द्रनगर आइपुगेका थिए ।
सुनाकोठीमा बालकुमारीको खट जात्रा सुरू भएको छ । जात्रा चैत शुक्ल त्रयोदशी अर्थात आइतबारदेखि मंगलबार (पूर्णिमा) सम्म मनाइने गरिन्छ । जात्राको पहिलो दिन स्थानीयबासी मिलेर ललितपुर महानगरपालिका–२७ स्थित भृगारेश्वर महादेव मन्दिरको पश्चिमपट्टि रहेको ‘योसी गाले’ मा नागराजाको प्रतिकको रूपमा ६४ हात अग्लो योसी (लिंगो) ठ्याइएको छ ।
लेले नल्लुको दम्सीडोल सामुदायिक वनको डाँडाबीचमा करिब २५ रोपनी यतिधेरै उजाड देखिन्छ कि जहाँ रूखबिरुवा होइन पहिरो गएजस्तै ढुंगामाटो मात्र देखिन्छ । त्यस्तो त्यसै भएको होइन, वर्षौंदेखि यहाँ खानी व्यवसायीले एक्स्काभेटर, जेसीभीलगायत हेपी इक्युप्मेन्ट प्रयोग गरी दिनहुँ डेढ/दुई सय ट्रिपभन्दा बढी ढुंगा उत्खनन गर्दै ओसारिरहेका छन् ।
सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र (एचओटीसी) ले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा अंगदानसम्बन्धी व्यवस्था उल्लेख गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको ४ वर्ष बितिसक्दा पनि लागू हुन सकेको छैन । एचओटीसीका अनुसार लाइसेन्समा अंगदान गर्न सक्ने कानुनी व्यवस्था गर्न सवारी तथा यातायात ऐन २०४९ संशोधन गर्नुपर्छ । तर, यसका लागि न यातायात व्यवस्था विभागले चासो दिएको छ, न त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै यसमा कुनै पहल गरेको छ ।
शिरमा फेटा बाँधेका ललितपुर थेच्वका १८ वर्षीय रितेश महर्जनको काँध, कुम, हात र टाउकोमा दियो राखेर ब्रह्माको प्रतीकका रूपमा अगाडि बढिरहेका देखिन्छन् । थेच्वकै २५ वर्षीय सवीर महर्जन विष्णुको अवतरमा छन् । धोती लगाएका उनले बोकेको छ्वालीभित्रका घैटोबाट सहस्र जलधारा बगिरहेको छ । महेश्वरको प्रतीकमा देखिएका श्रीजल महर्जनले जसीः (खड्कुलो) मा बसेर शंख फुक्दै जल छर्किरहेका छन् ।
सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र (एचओटीसी) ले अंगदानसम्बन्धी व्यवस्था सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको ४ वर्ष बितिसक्दा पनि लागू हुन सकेको छैन । एचओटीसीका अनुसार लाइसेन्समा अंगदान गर्न सक्ने कानुनी व्यवस्था गर्न सवारी तथा यातायात ऐन २०४९ संशोधन गर्नुपर्छ ।
दुवै मिर्गौलामा खराबी देखिएपछि चार वर्षदेखि डायलासिस गराउँदै आएकी तार्केश्वर नगरपालिका–७ मनमैंजुकी २६ वर्षीया सुश्रिता थापामगरले यतिबेला नयाँ जीवन पाएकी छन् । मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको मिर्गौला पाएपछि उनलाई ठूलो राहत मिलेको हो । रोगले च्याप्दा उनका बुवा श्रीकृष्ण बितिसकेका थिए ।
राष्ट्रिय ट्रमा सेन्टरमा एक महिनाअघि दुर्घटनामा परेका युवकको ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) भयो । परिवारले मृतकको शरीरका अन्य अंग झिक्न अस्पताललाई अनुमति दिए । तर अंग प्रत्यारोपण गर्ने काम सफल भएन । सफल नहुनुका पछाडि मेडिकल कारण थिएन, जनशक्तिको अभाव भएको पनि हैन ।
हनुमानढोका दरबार क्षेत्रमा १९९० सालअघिसम्म तीनतले सत्तल थियो । नब्बे सालको भूकम्पले सत्तल भत्किएपछि त्यो पुनर्निर्माण हुन सकेन । विशाल मूर्ति कालभैरवको पश्चिमपट्टि साढे २ दुई रोपनी जमिनमा २०१५ सालमा प्रहरी भवन बन्यो । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार क्षेत्रमा रहेको जिल्ला प्रहरी परिसर कार्यालय टेकुमा सारियो ।