जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सवार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् ।
न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् ।
इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
ट्रम्प प्रशासनले थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।
पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआबद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।
इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।
उत्तर कोरियाले बुधबार गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको विकास र प्रवर्द्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।
राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ ।