कृष्णप्रसाद पौडेल

खान्कीमा किफायती

‘तीजका कुरा गर न आमा खाएझैं हुन्छ ।’ यो हाम्रो पहाडको भोजन र भोकबारे मार्मिक संवाद हो । गरिबी, अभाव र खानाबारे एउटै वाक्यले सबै कुरा ओकल्ने यो संवादले खानेकुरा बारे हाम्रो सामाजिक मनोविज्ञानको प्रस्ट चित्र दिन्छ ।

कृषिमा कपट

समाजवादी समृद्धिको सपना बाँड्ने नेकपाको सरकारले विगत ६ महिनामा गरेको कृषि क्षेत्रको उपलब्धिको सारांशले धेरै आस जगाउनसकेको छैन । यसले कृषि रूपान्तरणको गन्तव्य, यात्राको गति र यसको परिणतिबाट आम मानिसमा निराशामात्र बढाएको छ । घोषणापत्रमा लेखिएको प्रांगारिक मुलुक बनाउने सपना कहाँ गयो ?

निजामती वैभव

नेपालमा निजामती भनेर चिनिने कर्मचारीतन्त्रलाई राज्य सञ्चालनको मेरुदण्ड भनिन्छ । यो चुस्त–दुरुस्त नभएसम्म सरकारी कामकाजले गति लिँदैन । अहिले यो सामाजिक व्यवहारमा अटेरी, असक्षम र भ्रष्ट देखिन्छ । यो संयन्त्रलाई टालटुले मर्मत हैन, जगैदेखि फेर्नुपर्ने भएको छ ।

वन र बारी वारि र पारि

आधुनिक विकासले कृषि र वन क्षेत्रको सम्बन्धविच्छेद गराएको छ । एकल र सफा खेतीका नाममा आधुनिक कृषि विज्ञान तथा खेती र वन जोड्ने समुदायमा आधारित वनपाखालाई वन विज्ञानको छुट्टा–छुट्टै कन्तुरमा राखिएको छ ।

विकासे राम्रो

भारतमा तीन वर्षअघि गरिएको अध्ययनमा आमाको दूधमा हानिकारक रसायन भेटियो । त्यस्तै तथ्य अन्य मुलुकमा गरिएका अनुसन्धानमा पनि पाइएको छ । बच्चाका लागि पोषिलो भनिने आमाको दूधमै हानिकारक रसायन भेटिन्छ भने हामीले सिधै खाने वस्तुको अवस्था के होला !

कृष्णप्रसाद पौडेलका लेखहरु :

नेता–कर्मचारी लगनगाँठो

विडम्बनै भन्नुपर्छ, विगतका सबै राजनीतिक आन्दोलनहरू परिवर्तनको सार्थक बहस सिर्जना हुन नपाउँदै त्यसै सेलाए । दोस्रो जनआन्दोलनपछि भने अलि फरक हुन्छ कि भन्ने धेरैलाई आस थियो । अहिलेसम्मका लक्षणहरू हेर्दा यसपटक पनि फरक पर्ने छाँट देखिएको छैन ।

कृषि विकासको समाजवादी मार्गचित्र

खेती हाम्रो संस्कृति हो । धानको बिउ छर्नेदेखि दाइँसम्म धानखेती गर्ने सबै समुदायमा अनेक उत्सव मनाउने चलन थियो र अहिले पनि छ । अहिले नेता तथा सरकारी हाकिमहरूले यसलाई झनै रमाइलो बनाउने गरेका छन् । नेता र सरकारी हाकिमलाई असार १५ को धान रोपाइँ दिदीबहिनीको तीजजस्तै ठूलो चाड बनेको छ ।

कृषिका कार्यसूची

नेपालीको जनजीविका, आम्दानी र रोजगारीको मुख्य आधार कृषि क्षेत्र हो । यसको रूपान्तरण नगरी देशको समृद्धिको यात्रा तय हुन सक्दैन । हाम्रा लागि कृषि सपार्ने भनेको खानेकुरा, रोजगारी र आम्दानी बढाउने मात्र हैन, आत्मसम्मान, स्वाभिमान र राष्ट्रियताको पनि सवाल हो । अहिले सरकारको बोलीमा कृषि प्राथमिक क्षेत्र बनेको छ ।

सवृद्धिको सपना र सरकारको उल्टो यात्रा

सबैतिर चर्चा छ, के यो सरकारले बोलेका कुरा व्यवहारमा लागु गरि नेपाललाई सवृद्धि बनाउन सक्ला? अहिलेसम्मका काम र कुरा हेर्दा यहि बिचार, दृष्टिकोण, तरिका र तयारीले सवृद्धि आयात हुने र आसेपासेले मात्र बाँडेर खाने देखिन्छ ।

कर्णालीलाई किन जैविक क्षेत्र बनाउने ?

विगत तीन दशकदेखि कर्णाली क्षेत्रलाई ‘खाद्यान्न अभाव क्षेत्र’ भन्दै उच्च तहका कर्मचारी र राजनीतिज्ञका चाखमा विश्व खाद्य संगठन र नेपाल खाद्य संस्थानले कामका लागि खाद्यान्न र अनुदानमा चामल वितरण गर्दै आएका छन् । यस्तो कार्यले एकातिर कर्णाली क्षेत्रलाई निरन्तर परनिर्भर बनाउँदै, हीनताबोध र कुण्ठा बढाउँदै लगेको छ भने अर्कोतर्फ समुदायस्तरसम्मै कर्णालीमा खेतीपाती गरेर जीविका चलाउन सम्भव छैन भन्ने सामाजिक मनोविज्ञान विकास गराएको छ ।