शब्द/तस्बिर :सुरविन्द्रकुमार पुन

बाग्मतीमा र्‍याफ्टिङ !

बाग्मती सफाइ अभियानको २७६ औं हप्ता पुग्दा बाग्मती नदीमा शनिबार जलजात्रा मनाइयो । बाग्मती महोत्सवको यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ । ‘बाग्मती जलजात्रा २०१८’ नाम दिइएको सो उत्सवमा बाग्मती सफाइ अभियन्ताको उल्लेख्य सहभागिता थियो । उत्सवको मुख्य आकर्षण नदीमा र्‍याफ्टिङ गर्नु थियो ।

पुनर्निर्मित कृष्ण मन्दिर सर्वसाधारणलाई खुला !

पुनर्निर्माण सम्पन्न भएपछि युनेस्को विश्व सम्पदा सूचीमा सुचीकृत पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर शुक्रबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले साँझको ४ बजे मन्दिरभित्र गईविधिवत् रुपमा पूजाआजा गरे । अधिकारीले कृष्ण मन्दिरबाटै त्यहाँस्थित पुरातात्विक सम्पदाहरुको अवलोकन गरे भनेअन्य मठमन्दिर समेत घुमे ।

सदरमुकाम माग्न राजधानी !

रुकुम पूर्वका बासिन्दा सदरमुकाम कायम गर्न भनी राजधानी आएका छन् । उनीहरुले आइतबार सदरमुकामको रुपमा पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ को गोल्खाडालाई कार्यान्वयन गर्न सरकारलाई दबाव दिन काठमाडौंमा र्‍याली निकाले । 

शब्द/तस्बिर :सुरविन्द्रकुमार पुनका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।