टाउको दुखाइको अनुभूति नगरेको मान्छे बिरलै पाइन्छ । संसारभरि नै यो सबैभन्दा बढी हुने समस्या हो । करिब ७० प्रतिशत मानिस टाउको दुखाइबाट पीडित छन् । टाउको दुखाइ रुघाखोकी, ज्वरोजस्ता अति सामान्य कारणदेखि मस्तिष्क ज्वरो, ब्रेन ट्युमरजस्ता अति नै घातक कारणले हुने गरेको पाइन्छ ।
एक किशोरीलाई अचम्मको रोग लाग्यो । उनी अचानक बेहोस हुन्थिन्, हातखुट्टा फलाम जस्तै कडा भई केहीबेर बिजुलीको करेन्ट लागेझैं हल्लिन्थिन्, सँगसँगै उनको मुखबाट फिँज आउने, कहिले जिब्रो टोकिने र दिसा–पिसाब छुट्ने गर्थ्यो ।
संसारभरि नै नसारोगीको संख्या धेरै छ र यो दिनानुदिन बढ्दो छ । हामी नेपाली पनि यो समस्याबाट अत्यधिक प्रभावित छौं । नसारोगका विभिन्न घातक परिणाम हुन्छन् । जस्तै– मस्तिष्कघात मृत्यु गराउने रोगहरूमा पहिलो तीनभित्र पर्छ र मृत्युबाट बाँच्ने बिरामीको जीवन पनि अति नै कष्टकर भएर जान्छ ।