सुबास हुमागाईं

सहिद स्मारक लिग : तालिकाअनुसार खेल अन्याैलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो ५ वर्षदेखि रोकिएको शीर्ष श्रेणीको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोज १३ गतेबाट सुरु गर्ने बताउँदै आएको छ ।

बंगबन्धुले क्लबलाई पिरलो

नेपाली राष्ट्रिय टोलीले असोज १५ देखि सुरु हुने बंगबन्धु कपमा सहभागिता जनाउने भएसँगै शीर्ष ‘ए’ डिभिजन क्लबलाई भने खेलाडी समस्याले पिरोल्ने भएको छ । विगतमा पनि व्याप्त रहेको क्लब र राष्ट्रिय टोलीको विवादमा फेरि एकपटक खेलाडी बीचमा पर्ने देखिएको छ ।

अन्तत: लिग हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ वर्षको अन्तरालपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज १३ गतेबाट नै सुरु गर्ने निर्णय गरेको छ ।

एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित

एसिया कप छनोटको अन्तिम लिग खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ३३ औं ओभरमा प्राप्त गरेको हो ।

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो । नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए ।

सुबास हुमागाईंका लेखहरु :

नेपालद्वारा मलेसिया १९ रनले पराजित [अपडेट]

एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १९ रनले पराजित गरेको छ । वर्षाका कारण ३०/३० ओभरमा छुट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । १८९ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

एक युगको अन्त्य

रोनाल्डो जति खेलाडीका रूपमा सफल छन्, मैदानबाहिर पनि उनी त्यति नै सफल । मेसी पनि यो क्षेत्रमा कम छैनन् तर दुवैलाई तुलना गर्ने हो भने रोनाल्डो धेरै अगाडि छन् । रोनाल्डोले व्यापारिक क्षेत्रमा पनि हात हालेर आफ्नो ब्रान्ड स्थापित गराइसकेका छन् । उनले फुटबलर मात्र नभएर एक सुपरमोडलको रूपमा पनि आफूलाई स्थापित गराउन सफल भएका छन् ।

एसिया कप छनोट : नेपालको लगातार दोस्रो पराजय, यूएईसँग ७८ रनको हार

एसिया कप क्रिकेट छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल यूएईसँग ७८ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९ औं ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रनको योगदान दिए ।

एसिया कप छनोट: ओमानले नेपाललाई ७ विकेटले हरायो

एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा अोमानले नेपाललाई ७ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य अोमानले ४८ अोभरमा पुरा गरेको हो ।

एन्फामा बालगोपाल नै कार्यवाहक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।