किसन राई

चेपाङ बस्तीको स्वास्थ्यचौकीलाई हङकङबाट सात लाख

मकवानपुरको चेपाङ बस्तीमा निर्माणाधीन स्वास्थ्यचौकीका लागि प्रथम मिसेज हङकङ नेपाल टीमले सात लाख सहयोग गर्ने भएको छ । मिस नेपाल श्रृङ्खला खतिवडाको प्रोजेक्ट उक्त स्वास्थ्यचौकी कैलाश गाउँपालिका–७ ताम्लाङमा रहने छ ।

हङकङमा भानुजयन्ती

यहाँ अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस एवं आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्म जयन्ती मनाइएको छ । गैरआवासीय नेपाली संघ हङकङले चुम्लुङ हिममा आयोजना गरेको कार्यक्रममा नेपाली भाषा तथा साहित्यप्रेमी र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

किसन राईका लेखहरु :

हङकङमा मारिएका दिलबहादुरकी श्रीमती र छोरीलाई हङकङ आईडी

हङकङ प्रहरीले गोली हानी हत्या गरेका दिलबहादुर लिम्बूकी श्रीमती सोनी राई र छोरी तान्छोमा लिम्बूले स्थायी परिचयपत्र (परमानेन्ट आईडी) पाएका छन् । आईडीसँगै उनीहरुलाई फ्लाट र करिब चार लाख हङकङ डलर पनि उपलब्ध गराइएको छ ।

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया गरेको छ । नेपालीद्वारा सञ्चालित पाम्पास स्टेक हाउसमा सम्पन्न अन्तरक्रियामा कार्यसमिति, सल्लाहकार र संरक्षक समितिको सहभागिता थियाे ।

भिजिट नेपाल २०२० : हङकङमा वार्मअप

नेपाल पर्यटन वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ सफल बनाउन वार्मअपको रुपमा नेपाल पर्यटन बोर्डले ३२औँ हङकङ अन्तर्राष्ट्रिय ट्राभल एक्सपोमा सहभागिता जनाएको छ ।

मकाओमा आत्महत्या प्रयास गर्नेलाई कन्सुल जनरलले भेटे

मकाउमा आत्महत्याको प्रयास गर्ने ईश्वर थिङलाई नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले भेटेका छन् । प्रहरीको कडा निगरानीमा स्थानीय सान्तोङ अस्पतालमा उपचाररत उनीसंग कसैलाई भेट्न दिइएको थिएन ।

‘एभरेष्ट डे’ हाइकमा उल्लेख्य सहभागिता

एभरेष्ट हाइकको सफलताले उत्साहित हङकङका नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले ‘एभरेष्ट डे’लाई अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा विकसित गर्नुपर्ने बताएका छन् ।