डिल्लीराम खतिवडा

डिल्लीराम खतिवडाका लेखहरु :

अर्बभन्दा बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ 

अर्बभन्दा बढी ठगी गर्ने गिरोहका ७ सदस्यलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको छ । सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोहका सदस्यलाई बुधबार दिउँसो प्रहरीले सार्वजनिक गरेको हो ।

उदयपुरमा करेन्ट लागेर १ जनाको मृत्यु  

त्रियुगा नगरपालिका-४ बगाहाका ४० वर्षीय युवराज राईको मृत्यु भएको छ । त्रियुगा नगरपालिकामा सडकलाइनको बत्तीमा करार पदमा काम गदै आएका राईको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा उदयपुरका वडाध्यक्ष पक्राउ

महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाश राउत पक्राउ परेका छन् ।

उदयपुरमा वडाध्यक्षद्वारा महिलामाथि दुर्व्यवहार

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले हातपात गरेका हुन् ।

बल्ल आमाका नामबाट नागरिकता

बाबुको पहिचान नहुँदा नागरिकता पाउन नसकेकी उदयपुरगढी गाउँपालिका–८ खोल्मेकी २२ वर्षीया कमलकुमारी मगरले बल्ल आमाका नामबाट नागरिकता पाएकी छन् । काठमाडौंमा स्नातक तेस्रो वर्ष पढिरहेकी उनले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट मंगलबार आमा रमिला मगरको नामबाट नागरिकता लिएकी हुन् । 

त्रियुगा नगरपालिकाले १ अर्ब ४७ करोड ३४ लाखको बजेट ल्यायो 

उदयपुरका ८ स्थानीय तहले आज बजेट ल्याएका छन् । ४ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्ला सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

दुधकोसी सामुदायिक वनमा अवैधरुपमा रुख कटान 

जिल्लाको बेलका नगरपालिका–८ स्थित दुधकोसी सामुदायिक वनमा अवैधरुपमा हरियो रुख काटिएको छ । वन समूहकै पदाधिकारीको मिलेमतोमा ३५ वटा साखु र एक चिलाउनेको रुख काटिएको हो ।

अधिवक्ता नै ज्यान मार्ने उद्योगमा दोषी ठहर, एक वर्ष कैद

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका अधिवक्ता इन्द्र तामाङको सजाय निर्धारण गरिएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजालसले अधिवक्ता तामाङलाई एक वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको हो ।