गेजा शर्मा वाग्ले

गेजा शर्मा वाग्ले राजनीतिक विश्लेषक हुन् ।

गेजा शर्मा वाग्लेका लेखहरु :

राजनीतिक पार्टी रूपान्तरणबाटै सुधार

तीस वर्ष लामो निरंकुश पञ्चायतको कालरात्रि र एक दशक लामो हत्या–हिंसाको त्रासदीपूर्ण कालखण्डमा समेत नदेखिएको निराशा, असन्तुष्टि र आक्रोशले अहिले नेपाली समाज गम्भीर रूपमा संक्रमित हुँदै गएको देखिन्छ । राज्य र राजनीतिक पार्टीप्रति जनताको आशा, विश्वास र भरोसा तीव्र गतिमा स्खलित हुँदै गएका छन् ।

‘ट्यासीटस ट्र्याप’ र आत्मघाती मौनता 

केही वर्षदेखिका राजनीतिक परिघटना, परिदृश्य, पार्टी, पात्र र प्रवृत्तिको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दा नेपाल ‘ट्यासीटस ट्र्याप’ तर्फ फस्दै गएको देखिन्छ । ‘नेपाल बन्दैन, नेपालको भविष्य छैन, सबै पार्टी खराब, सबै नेता असफल, सबै सरकार भ्रष्ट, राजनीति भनेकै कुशासन हो’ भन्ने जस्ता भ्रामक र प्रायोजित भाष्य स्थापित हुँदै गएका छन् ।

‘पुराना’ पार्टीका चुनौती र नयाँको भविष्य

केही समयदेखि नेपाली राजनीतिमा पुराना पार्टी असफल, असान्दर्भिक र भ्रष्ट तथा नयाँ पार्टी सफल, सान्दर्भिक र सुशासनका मसिहा भन्ने भाष्य सृजना भइरहेको देखिन्छ । पुराना पार्टीका नेताहरूसमेत संलग्न भएका कुशासन र भ्रष्टाचारका एकपछि अर्को काण्ड पर्दाफास भएको पृष्ठभूमिमा उक्त भाष्य थप सान्दर्भिक हुँदै गएको छ ।

बीपीको सान्दर्भिकता र कांग्रेसको भविष्य

४१ वर्षपहिले २०३९ साउन ६ गते देहवसान भएका कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबारे अहिले पनि बहस, विवेचना र विमर्श चलिरहेको छ । निरंकुश राणा शासन र अधिनायकवादी राजतन्त्रको अन्त्य गरी लोकतन्त्र स्थापनाका लागि पाँच दशकभन्दा लामो संघर्षपूर्ण र उतारचढावपूर्ण इतिहास भएका बीपी राजनीतिक दृष्टिले आजपर्यन्त जीवित छन् ।

लोकतान्त्रिक गणतन्त्रपछि नेपाल कमजोर भएकै हो ?

ऐतिहासिक जनआन्दोलनमार्फत २०४६ मा बहुदलीय लोकतन्त्र तथा २०६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनताका अपेक्षा र हासिल भएका उपलब्धिका बारेमा लामो समयदेखि अन्तरविरोधपूर्ण बहस चलिरहेको छ । लोकतान्त्रिक कालखण्डमा राष्ट्रियता र राष्ट्रिय स्वार्थ कमजोर भएको, अपेक्षित आर्थिक विकास नभएको तथा कुशासन र भ्रष्टाचारको दलदलमा नेपाल फसेको आरोप लोकतान्त्रिक गणतन्त्रविरोधी, प्रतिगामी र पुनरुत्थानवादीहरूले लगाउँदै आएका छन् ।

कांग्रेसको भविष्य र रूपान्तरणको सम्भावना

गठबन्धनका बावजुद अपेक्षित परिणाम पाउन नसकेपछि कांग्रेसको भविष्य, औचित्य र सान्दर्भिकताबारे शक्तिकेन्द्रदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ । यद्यपि निर्वाचन परिणाम अपेक्षा अनुसार नआए पनि कांग्रेसको संघीय संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भई सरकारको प्रमुख साझेदार भएको छ । तीन प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार छन् भने अन्य तीन प्रदेश सरकारमा सहभागी छ । यसै गरी ३२९ वटा स्थानीय सरकार कांग्रेसको नेतृत्वमा बनेका छन् ।

विदेशनीतिको प्राथमिकता र भारत भ्रमणका कार्यसूची

प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको आसन्न भ्रमण तथा स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको गत आइतबार सम्पन्न तीनदिवसीय नेपाल भ्रमणले काठमाडौं, नयाँदिल्ली र बेइजिङमा गम्भीर कूटनीतिक तरंग सृजना गरेका छन् ।

असंलग्नता र युक्रेन–नीतिको सान्दर्भिकता

एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएपछि तथा रुसले युक्रेनमा गरेको सैन्य आक्रमणको विपक्षमा स्पष्ट नीति अंगीकार गरेपछि नेपालको विदेशनीतिको प्राथमिकता र ‘प्रोएक्टिभ’ कूटनीति राजनीतिक तथा कूटनीतिक वृत्तमा गम्भीर बहसको विषय भएको छ । अहं महत्त्वका जटिल अन्तर्राष्ट्रिय मामिलामा सकेसम्म तटस्थ वा मौन बस्ने, आधिकारिक दृष्टिकोण राख्नैपरे विलम्ब गरी औपचारिकताका लागि कर्मकाण्डी र अमूर्त वक्तव्य सार्वजनिक गर्ने परम्पराविपरीत युक्रेनबारे नेपालले तत्काल स्पष्ट नीति अनुसरण गरेपछि यस्तो बहस उत्पन्न भएको हो ।

सन्दर्भ युक्रेनको, शिक्षा नेपाललाई

लामो समयदेखिको आशंका र प्रक्षेपण अनुसार सार्वभौम युक्रेनका द्वन्द्वग्रस्त दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई गत सोमबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘स्वतन्त्र राज्य’ को मान्यता दिँदै युक्रेनमा सैन्य आक्रमण गरेपछि सार्वभौमिक स्वतन्त्रता र भौगोलिक अखण्डताबारे गम्भीर बहस प्रारम्भ भएको छ ।

एमसीसी विवाद समाधानका विकल्प

बहुचर्चित एमसीसी परियोजना संसद्को जारी अधिवेशनबाटै पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल गरेपछि नेपाली राजनीतिमा आकस्मिक रूपमा शक्तिशाली भूकम्प आएको छ ।